सुनाखरी न्युज
२०७६ असार ३ , मंगलबार

हिमालयन हाइड्रोको आईपिओ निष्काशनको बिक्रीप्रबन्धकमा जनता क्यापिटल नियुक्त

उर्जा

Photo 1

हिमालयन हाइड्रोको आईपिओ निष्काशनको बिक्रीप्रबन्धकमा जनता क्यापिटल नियुक्त

सुनाखरी न्युज/
काठमाडौं-
हिमालयन हाइड्रो पावर लिमिटेडले आईपिओ निष्काशनगर्न जनता क्यापिटललाई बिक्रीप्रबन्धकनियुक्त गरेको छ । हिमालयन हाइड्रोले रु. १००÷(अंकित दरको २२ लाख ५० हजारकित्ताको२२ करोड पचास लाखरुपैंया बराबरको आईपिओ निष्काशनगर्न लागेको हो । जसमध्ये ९ लाखकित्ताको ९ करोड रुपैंया बराबरको शेयर परियोजनाप्रभावित स्थानिय क्षेत्रहरुको लागि छुट्याइएको छ ।आईपिओ निष्काशनगर्ने सम्बन्धमाहिमालयन हाइड्रो र जनता क्यापिटलबीच सम्झौताभएको छ । आईपिओ निष्काशन सम्बन्धिसम्झौतालिखतमाआजमिति २०७५ जेष्ठ २१ गते हिमालयन हाइड्रो पावर लिमिटेडका तर्फबाट ऐ.कासंचालकशिवकृष्ण श्रेष्ठ र बिक्रीप्रवन्धकजनता क्यापिटल लिमिटेडका तर्फबाट ऐ. काकार्यकारी निर्देशकबिश्व सुवेदीले हस्ताक्षर गरेकाछन् ।साथै, कम्पनीले आउँदोदशैैंसम्ममाविद्युतउत्पादनगर्ने लक्ष्य राखेको छ ।
जनताबैंक नेपाललिमिटेडको शतप्रतिशतलगानीमा स्थापितजनताक्यापिटल लिमिटेडले नेपाल धितोपत्रबोर्डबाट कारोवार अनुमतिपाएसंगै जनता बैक नेपाल लिमिटेड र स्पर्श माईक्रोफाईनान्स लिमिटेडको शेयर रजिष्ट्रेशन सम्बन्धी कारोवार शुरु गरिसकेको छ । जनता क्यापिटल लिमिटेडले छिट्टै नै लगानीब्यवस्थापन सेवा सञ्चालनमाल्याउने तयारी गरिरहेको छ ।

 

Share this news: