सुनाखरी न्युज
२०७६ श्रावण ३ , शुक्रवार

सञ्चालनमा आयो मितेरी पुल, नेपाल र चीन वीचको ब्यापारिक कारोवारकालागि सहज

Meteri Pul

सञ्चालनमा आयो मितेरी पुल, नेपाल र चीन वीचको ब्यापारिक कारोवारकालागि सहज

सुनाखरी न्युज/
रसुवा — नेपाल र चीन जोड्ने मितेरी पुलको पुननिर्माण सकिएको छ । रसुवागढी नाकामा रहेको पुलको पुननिर्माण सकिएसँगै बिहीबार बिहानदेखि मितेरी पुल सञ्चालनमा आएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताए । मितेरी पुलबाट कन्टेनर वारपार गरेर पुल सञ्चालनमा ल्याइएको हो ।
बिहीबार बिहानदेखि मितेरी पुलबाट यातायात सञ्चालनमा आएको छ । चीन सरकारको पूर्ण सहयोगमा उक्त पुलको पुननिर्माण गरिएको हो ।अनौपचारिक रुपमा नेपाल सरकारलाई पुल हरुतान्तरण गर्न भने बाँकी रहेको छ । जेठ अन्तिमसम्म सरकारलाई हस्तान्तरण गर्ने तयारी रहेको चिनियाँ पक्षले बताएको छ ।

मितेरी पुलको पुनर्निर्माण तिब्बत इन्जिनियरिङ कम्पनी लिमिटेड तान् सुन रोड एण्ड ब्रिजले गरेको हो । २०७२ बैशाख १२ को भूकम्पले नेपाल–चीन जोड्ने मितेरी पुलमा क्षति गरेको थियो । भूकम्पका बेला पहिरोसँगै आएको ढुंगा लागेर पुरानो मितेरी पुलकोबीच भागमा ठूलो प्वाल पारेको थियो । पुरानो पुल काम नलाग्ने भएपछि भत्काएर उक्त ठाउँमा नयाँ पुल निर्माण गरिएको हो ।

निर्माण कम्पनीले पुल निर्माण सुरु गरेको करिब ५ महिना मै नयाँ पुल निर्माण गरिएको छ ।

 

Share this news: