सुनाखरी न्युज
२०७६ असार ३ , मंगलबार

ठमेल पर्यटन विकास परिषद्मा त्रिपक्षीय भिडन्त, गुरुङ, राणा र प्रधान समूह चुनावी मैदानमा, निर्वाचन आज शनिबार

घुमफिर–पर्यटन

Thamel

ठमेल पर्यटन विकास परिषद्मा त्रिपक्षीय भिडन्त, गुरुङ, राणा र प्रधान समूह चुनावी मैदानमा, निर्वाचन आज शनिबार

सुनाखरी न्युज/
काठमाडौं –
ठमेल पर्यटन विकास परिषद्को भोलि अर्थात जेठ २५ गते हुने निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने भएको छ । परिषदको नेतृत्वकालाथि हालका अध्यक्ष सोनाम गुरुङ, अर्का ब्यवसायी प्रकाश नरसिंह राणा र अर्जुन लाल प्रधान समूह चुनावी मैदानमा उत्रिएका छन् ।
तीनजनाको अलग अलग प्यानल खडा भएको छ । तीनै पक्षवीच सहमतिको प्रयास भएपनि विभिन्न किसिमका खिचातानी, राजनीतिक आस्था र स्वार्थका कारण सहमति हुन नसकेको परिषद्का एक अधिकारीले बताए ।
परिषद् स्रोतका अनुसार अध्यक्षका प्रत्यासी राणा र प्रधान वलिया देखिएका छन् । राणालाई काँग्रेस र प्रधानलाई कम्युनिष्टको समर्थन रहेको वुझिएको छ । गुरुङ समुह पनि काँग्रेस निकट रहेको भए पनि राणा समूह हराउन कम्युनिष्ट पक्षको सो समूहलाई हौस्याएको ठमेलका एक ब्यवसायीले बताए ।
ठमेल क्षेत्र मुलुककै प्रमूख पर्यटकीय केन्द्र हो । विभिन्न किसिमका सरकारी तथा गैर सरकरी सहयोग परिषदले प्राप्तगर्ने भएकोले परिषद्को नेतृत्वमा धेरैको चासो रहेको हो ।
ठमेल क्षेत्रको विकास र पर्यटन प्रवर्दन एवं शान्ति सुरक्षा लगायतका लागि सवै ब्यवसायी एक भएर साझा उम्मेदवार छनौट गर्नुपर्नेमा तीन खेमामा वाँडिएर चुनावी मैदानमा उत्रँदा त्यसले कसैलाई पनि फाइदा नपुग्ने ठमेलका स्वतन्त्र ब्यवसायहिरु वताउँछन् । गुट उपगुटले परिषदलार्य नै कमजोर वनाउने र जुन सुकै नेतृत्वले चुनाव जितेपनि कामगर्न अप्ठ्यारो हुने उनीहरुको तर्क छ ।

Share this news: