सुनाखरी न्युज
२०७६ असार ३ , मंगलबार

एनबीआईले पायो ओइसीडीको सम्बन्धन

शेयर

1

एनबीआईले पायो ओइसीडीको सम्बन्धन

सुनाखरी न्युज/ काठमाडौं – एनबीआईले पायो ओइस अफ्रिकाको केपटाउनमा बसेको ओइसीडी आइएनएफईको सल्लाहकार समितिको बैठकले नेसनल बैंकिङ इन्स्टिच्युटलाई एनबीआई सम्बन्धन दिएको छ । यस सम्बन्धनले एनबीआईको वित्तीय साक्षरता अभियानलाई अझै सशक्त बनाउने बुझिएको छ । ओइसीडी एक अन्तर्राष्ट्रिय संस्था हो, जसले मानव हित हुने खालका विभिन्न नीतिहरू तर्जुमा गर्ने गरेको छ ।

 

६० वर्षको अनुभव बोकेको यस संस्थाले नागरिक समाज, सरकार र नीति तर्जुमा गर्ने निकायहरूसँग समन्वय गरी, सामाजिक, आर्थिक, वातावरणीय चुनौतीहरूको हल निकाल्न मद्द पु¥याउँदै आएको छ । यसले सञ्चालन गर्ने अन्तर्राष्ट्रिय गोष्ठीहरूमा एनबीआईलाई आमन्त्रण गर्नेछ भने त्यहाँबाट प्रकाशित हुने वित्तीय साक्षरताको सामग्रीहरू निकाल्ने बेलामा एनबीआईको सुझवहरू पनि लिने एनबीआईले जनाएको छ ।

 

एनबीआईले सुरुवातदेखि नै नेपालमा वित्तीय साक्षरतालाई अघि बढाउँदै आएको छ र वित्तीय साक्षरता अभियानलाई थप ऊर्जा दिन एउटा वित्तीय साक्षरतासम्बन्धी मोबाइल एप्प सञ्चालनमा ल्याएको छ । यिनै वित्तीय साक्षरतामा एनबीआईले गरेको योगदानलाई मध्यनजर गर्दै ओइसीडीले सम्बन्धन प्रदान गरेको एनबीआईले जनायो ।

Share this news: