सुनाखरी न्युज
२०७६ असार ३ , मंगलबार

प्रमेश पोखरेलको “कृषिको समाजवादी रुपान्तरण” पुस्तक सार्वजनिक

कृषि

pramesh

प्रमेश पोखरेलको “कृषिको समाजवादी रुपान्तरण” पुस्तक सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं – किसान अधिकारकर्मी तथा कृषि विज्ञ प्रमेश पोखरेलको पुस्तक “कृषिको समाजवादी रुपान्तरण”सार्वजनिक भएको छ । नेपालको संविधानले नै अवको नेपालको विकासको यात्रा समाजवादको आधार निर्माण गर्नेतर्फ दिशानिर्देश गरेको तथा संविधान अनुरुप खाद्य अधिकार, खाद्य सम्प्रभुता र वास्तविक भुमिसुधार गुर्नपर्ने तथा किसान अधिकार सुनिश्चित गर्नुपर्ने अवस्थामा कृषि विकासका नीति र कार्यक्रम साना किसान र पर्यावरणीय मैत्री, खाद्यसम्प्रभुताको प्राप्ती तथा श्रमजिवी किसानको समृद्धिलाई समेट्नेगरी हुनुपर्दछ भन्ने उदेश्यले यो पुस्तक तयार गरिएको छ । यो पुस्तक मुख्य गरी नेपालको कृषि विकास र किसान आन्दोलनमा संलग्न अभियन्ताका लागि तयार पारीएको हो ।

 

यसले मुलत नेपाली विशेषताको खाद्य तथा कृषि शासन प्रणाली कस्तो हुनुपर्दछ भन्ने बैचारिक अभिमुखिकरण गर्ने तथा सरोकारवाला निकाय, संघ, संस्था तथा व्यक्तिलाई कृषिको विकाससँग सम्वन्धित अनेकन नयाँ तथा पुराना विषयको विष्लेषणात्मक जानकारी पस्कने प्रयास गरेको छ । यसका साथसाथै कृषि क्षेत्र र किसानको बस्तुगत एथार्थ एवम् तत्कालिक र दिर्घकालिन नीति, कार्यक्रम तथा रणनीतिहरुको समेत चर्चा गर्दछ । पुस्तकमा ४० बटा विविध विषयहरु समावेश छन् । पुस्तकको मुल्य रु ३०० रहेको छ । जागरण बुक हाउस अद्धैतमार्ग लगाउतका ठाउँमा पुस्तक पाउन सकिन्छ । कृषि क्षेत्रका सरोकारवालाहरुले मुख्य गरी अभियन्ता तथा नीति निर्माताले जान्नै पर्ने विषयहरु जस्तै रसायनीक मल, जैविक मल, विषादी, जलवायु परिवर्तन, आनुवंशिक र ठिमाहा विउ, भुमी अतिक्रमण, नवउदारवाद, विश्व व्यापार संगठन, प्राङगारिक कृषि, मूल्य श्रृङखला, कृषि विमा, खाद्य अधिकार, खाद्य सुरक्षा, खाद्य सम्प्रभुता, पर्यावरणीय कृषि आदी विषयसँग सम्वन्धी जानकारी र तिनका विविध आयामको प्रस्तुती त्यस पछिका शिर्षकहरुमा रहेको छ ।

 

त्यसैगरि ओझेल परेका विषयहरु जस्तै नेपालको पशुपालन क्षेत्र र यसको संभावना, नेपालमा दूग्ध उत्पादनको अवस्था र चुनौति, कृषिमा महिलाकरणको प्रकृया, दलित भुमीहीनताको विष्लेषण आदी विषयलाई समेत जोड दिइएको छ । विश्वव्यापी रुपमा कृषि र किसान आन्दोलनको चर्चा गर्ने सम्वन्धमा वर्तमान विश्व परिस्थीति, समाजवादी किसान आन्दोलन, अन्तर्राष्ट्रिय किसान आन्दोलनका उपलब्धी तथा नवउदारवाद र विश्वब्यापारीकरणको चपेटामा किसान आन्दोलनको उभार पनि समेटिएको उक्त पूस्तकको अन्तीम भागमा किसान आन्दोलन र कृषि विकासको सेरोफेरोका विविध विषयहरु छन् । राष्ट्रिय तथा अन्र्तराष्ट्रय किसान संजाल, अन्र्तराष्ट्रिय कृषि विकास कोष ९आइफाड० र खाद्य तथा कृषि संगठन ९एफएओ० जस्ता निकायहरु तथा दिर्घकालिन कृषि विकास रणनीति ९एडिएस० तथा किसान अधिकार घोषणापत्र जस्ता विषयहरु समावेश गरिएका छन् ।

 

पुस्तकले हाम्रो देशका नीति देशलाई परनिर्भर बनाउन केन्द्रित रहेको तथा नवउदारवादबाट प्रभावीत भई रसायनिक मल कारखाना खोल्ने, प्रस्तावनाका आधारमा अनुदान दिने र धितोका आधारमा रिण दिने कार्यविधि, खुल्ला बजारले तोक्ने कृषि उत्पादनको मुल्य, कृषिको आधुनिकीकरण र औद्योगिकीकरणको वकालत गरेको व्याख्या गरेको छ । आनुवांशिक विउ, रसायनिक विषादी र मल प्रयोग गरी तथा प्राकृतिक स्रोतको मनलागि दोहन गरी वातावरण र मानव स्वाथ्यमा समेत असर पार्र्ने नाफाको राजनीतिमा आधारीत खेति समाजवादी रुपान्तरणको आधार बन्न सक्दैन । यिनै गलत नीति र नाराकै कारण युवाहरु कृषिबाट विकर्षण भई विदेशिने र ग्रामीण कृषिको महिलाकरण हुने क्रम तीव्र भएको तथा कृषि योग्य जमिन बाझिने र अतिक्रमण भई विनाश भइरहेको लेखक बताउँछन् । अव पनि गम्भिर भएर नसोच्ने हो भने हामी फर्कन नसकिने र बदल्न नसकिने गरी अझ विनाशको दिशामा लाग्नेमा समेत लेखक सचेत गराउँछन् ।

Share this news: