सुनाखरी न्युज
२०७६ असार ३ , मंगलबार

सरकारले गर्यो चार देशमा राजदूत सिफारिस, अष्ट्रेलियामा दाहाल, स्पेनमा शेर्पा, कतारमा भारद्वाज र बंगलादेशमा मिश्र

प्रवास

Cabinet

सरकारले गर्यो चार देशमा राजदूत सिफारिस, अष्ट्रेलियामा दाहाल, स्पेनमा शेर्पा, कतारमा भारद्वाज र बंगलादेशमा मिश्र

सुनाखरी न्युज/
काठमाडौं – सरकारले चार देशका लागि राजदूत सिफारिस गरेको छ । बिहीबारको मन्त्रिपरिषद बैठकले अष्ट्रेलिया, स्पेन, कतार र बंगलादेशका लागि नेपाली राजदूत सिफारिस गरेको हो ।

अष्ट्रेलियाका लागि राजदूतमा महेशराज दाहाल, स्पेनका लागि आङफुटी शेर्पा, कतारका लागि राजदूतमा नारद भारद्वाज र बंगलादेशका लागि वंशीधर मिश्रलाई राजदूत सिफारिस गरेको हो ।

लक्की शेर्पाले राजीनामा दिएपछि अष्ट्रेलियामा राजदूत पद रिक्त थियो । प्रस्तावित राजदूत दाहाल नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट मानिन्छ ।

यस्तै कतारका लागि राजदूत सिफारिस भएका भारद्वाज तत्कालीन एमालेका विदेश विभागका सदस्य थिए ।

स्पेनका लागि राजदूत सिफारिश भएकी शेर्पा पासाङ्ग ल्हामुकी छोरी एवं हेलिकोप्टर दुर्घटनामा निधन भएका व्यवसायी आङ्गछिरिङ शेर्पाकी भतिजि हुन् ।

त्यस्तै बंगलादेशका लागि राजदूत सिफारिश भएका मिश्र पूर्व स्वास्थ्य राज्यमन्त्री तथा नेकपाका नेता हुन् ।

Share this news: