सुनाखरी न्युज
२०७६ असार ३ , मंगलबार

धानबाली सिजनमा हरेक वर्ष किन हुन्छ मल अभाव? यस्तो छ वास्तविकता

कृषि

maal

धानबाली सिजनमा हरेक वर्ष किन हुन्छ मल अभाव? यस्तो छ वास्तविकता

सुनाखरी न्युज/

काठमाडौँ — धानबाली सिजनमा हरेक वर्ष मल अभाव हुँदै आएको छ । मल अभावबारे कृषिमन्त्री, कृषि सचिवलगायतका कर्मचारी अनविज्ञ छैनन्  तर अभाव हटाउन भने सकेको छैन ।
‘मुलुकभित्र ६ लाख टनको आवश्यकता हो । आवश्यकताको ३ लाख टन अपुग छ । त्यो नै समस्या हो,’ कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले भने, ‘विगतको तुलनामा अनुदान केही वृद्धि भए पनि रकम अपुग छ । समयमै निकासा नहुँदा खरिदमा केही ढिलाइ हुँदै आएको छ ।’
मन्त्रालयका अनुसार अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य एकरएक सातामा परिवर्तन हुन्छ । डलरमा घटबढ हुँदा मलको खरिद परिमाणमा घट्छ । मल खरिदका लागि चालु आर्थिक वर्षमा करिब ६ अर्ब रुपैयाँ बजेट विनियोजन भएको छ । उक्त रकमबाट २ लाख ८३ हजार टन खरिद गर्ने लक्ष्य भए पनि २ लाख ३१ हजार टन मात्रै भयो । ५२ हजार टन मल अपुग भयो ।

लक्ष्यअनुसार मल खरिद हुन नसक्दा अर्थ मन्त्रालयसँग थप ३ लाख बजेट माग गरेको थियो । ३ अर्बका लागि कृषि मन्त्रालयले मंसिरमा पत्र पठाएका थियो ।

कृषि मन्त्रालयले बजेट, टेन्डरलगायत कारण देखाए पनि जानकारहरू भने कर्मचारीकै कारण समस्या भएको बताउँछन् ।

Share this news: