सुनाखरी न्युज
२०७६ असार ३ , मंगलबार

शेयर धितो कर्जा हालसम्मकै उच्च

शेयर

nepse

शेयर धितो कर्जा हालसम्मकै उच्च

सुनाखरी न्युज/
काठमाडौं-
शेयर धितोमा राखेर पाइने कर्जा हालसम्मकै उच्च हुनेगरी लिएको पाइएको छ । बैंक तथा वित्तीय संस्थाहरुले चैत मसान्तसम्ममा अहिलेसम्मकै सबैभन्दा धेरै शेयर कर्जा प्रवाह गरेका छन्। बैंक तथा वित्तीय संस्थाहरुले चैत मसान्त सम्ममा ४२ अर्ब १५ करोड रुपैयाँ शेयर कर्जा प्रवाह गरेका हुन्।

सबैभन्दा धेरै बाणिज्य बैंकहरुले ३३ अर्ब २९ करोड रुपैयाँ शेयर कर्जा प्रवाह गरेका हुन्। त्यस्तै विकास बैंकले ६ अर्ब ७२ करोड र फाइनान्सहरुले दुई अर्ब १३ करोड रुपैयाँ शेयर कर्जा प्रवाह गरेका हुन्।

गत फागुन १९ गतेदेखि शेयर बजार लगातार बढ्न थालेसँगै शेयर कर्जा ह्वात्तै बढेको हो।

Share this news: