सुनाखरी न्युज
२०७६ असार ३ , मंगलबार

बन्ने भयो नुवाकोट जिल्लाको लिखु गाउपालिका ६ मा स्वास्थ्य चौकी

स्वास्थ्य

Capture

बन्ने भयो नुवाकोट जिल्लाको लिखु गाउपालिका ६ मा स्वास्थ्य चौकी

सुनाखरी न्युज/ नुवाकोट – नुवाकोट जिल्लाको लिखु गाउपालिका वडा नं ६ का जनतालाई स्वास्थ्य उपचार सेवा प्रदान गर्ने उद्देश्यले स्वास्थ्य चौकी भवन निर्माण थालिएको छ । भवनको एक कार्यक्रमका बिच गाउँपालिकाका प्रमुख धुर्व श्रेष्ठले जग पूजा गरेर शिलन्यास गर्नुभयो । सो स्वास्थ्य चौकीले जिल्लाका लिखु, ककनी, पञ्चकन्या लगायत गाउँपालिकाका स्थानीयलाई लक्षित गरी स्थापना गर्न लागिएको स्वास्थ्य केन्द्रको भवन निर्माण सुरु भइसकेको छ। स्वास्थ्य केन्द्रको १६ कोठे भवन बनाउन प्रदेश सरकारले १५ लाख बजेट विनियोजन गरिसकेको भवन निर्माण समिति अध्यक्ष राजेन्द्र लामिछानेले बताए।


प्रत्येक वडामा स्वास्थ्य चौकी स्थापना गराई सर्वसाधारण जनताहरुमा स्वास्थ्य सेवाको पहुँच पुर्याउने निति अनुरुप वडा नम्बर ६ थान्सिडमा स्वास्थ्य चौकी भबन बनाउनका लागि पाण्डे परिवारले जग्गादान गरेका हुन । पाण्डेले भनेका छन यस्मा मेरो केहि स्वार्थ छैन केबल सबै वडा बासीले स्वास्थ्य सेवा पाउन र कसैले अकालमा ज्यान गुमाउन नपरोस भनेका छन । उक्त भबन निर्माण पछि वडा नम्बर ६ का ३ सय धर घुरीले अत्यावश्यक स्वास्थ्य सेवा पाउने ६ नम्बर का वडाध्यक्ष हरिशरण लामिछाने बताउछ्न । विकास निर्माणमा निकै फट्को मारेको र बिकास लाई तिव्रता दिएरै अगाडि बढ्ने र स्वास्थ्य चौकी भवन निर्माणको काम सञ्चालन भैइरहेको छ ।

जग्गादाता पाण्डेले समाजसेवाको लागि आफूले सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै आफूले निस्वार्थ किसिमले समाजको सेवा गरेको बताउनु भएको छ । लिखु गाउँपालिका वडा नम्बर ६ का समाजसेवी स्वर्गीय नारायण प्रसाद पाण्डेको सम्झनामा श्रीमती भगवती पाण्डे र छोरा कल्याणभक्त पाण्डेले दुई रोपनी जग्गादान गरेका हुन । पाण्डेले भनेका छन आफ्नो हरहमेसाले भ्यसम्म सदैब सहयोग रहने बताएका छन । जग्गा दाता कल्याणभक्त पाण्डे नुवाकोट स्वास्थ्यकर्मी संघ जिल्ला अध्यक्ष समेत हुन । लिखु गाउपालिका स्वास्थ्य इकाई सिलन्याश कार्यक्रमा लिखूबासी समाजसेबि स्थानिय राजनितिक दलका व्यक्तीहरुको उपस्थिती रहेको थियो ।

Share this news: