सुनाखरी न्युज
२०७६ असार ३ , मंगलबार

ठमेल पर्यटन परिषदको अध्क्षमा प्रकाश नरसिंह राणा बिजयी

घुमफिर–पर्यटन

thamel parishad

ठमेल पर्यटन परिषदको अध्क्षमा प्रकाश नरसिंह राणा बिजयी

सुनाखरी न्युज/ काठमाडौ – ठमेल पर्यटन परिषदको अध्क्षमा प्रकाश नरसिंह राणा बिजयी भएका छन् । राणा नेतृत्वको प्यानलबाट सचिब, कोषाध्यक्ष र सदस्य बाहेक बहुमत पदाधीकारी र सदस्यमा राणा नेतृत्वको प्यानलले जित हाँसील गरेको छ । परिषदको नयाँ नेतृत्वको लागि हिजो मतदान भएको थियो । परिषदको निर्वाचनमा नेतृत्वका लागि बर्तमान कार्यसमिति सदस्य अर्जुनलाल प्रधान, बर्तमान उपाध्यक्ष प्रकाशनरसिंह राणा र बर्तमान अध्यक्ष समिर गुरुङले मनोनयन दर्ता गरेका छन । अध्यक्षका प्रत्यासी प्रधान समुहबाट सचिबमा बद्री प्र तिमिल्सीना, कोषाध्यक्षमा पुण्डयराम लगेजु र सदस्यमा नरेन्द्र बहादुर श्रेष्ठ बिजयी भएका छन् भने अर्का अध्यक्षका प्रत्यासी समिर गुरुङ सहित प्यानलबाट सवै पराजीत भएका छन् ।

 

अध्यक्षका प्रत्यासी अर्जुनलाल प्रधान समुहलाई बिजयी गराउन तत्कालिन एमाले र माओवादी निकट व्यवसायीहरुको संगठन नेपाल पर्यटन व्यवसायी संगठन, नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन र पर्यटन व्यवसायी संगठनले आफना सदस्यहरुलाई र्सकुलर जारी गरेको थियो ।

Share this news: