सुनाखरी न्युज
२०७६ असार ३ , मंगलबार

सभागृहमा आदिवासी जनजातीका २० चलचित्र प्रदर्शनमा

मनोरञ्जन

janjati

सभागृहमा आदिवासी जनजातीका २० चलचित्र प्रदर्शनमा

सुनाखरी न्युज /

काठमाडौं – राष्ट्रिय सभागृहमा तीन दिने ‘आदिवासी जनजाती चलचित्र महोत्सव–२०७६’को तेस्रो संस्करण हो । उपराष्ट्रपति पुनले उद्घाटन गरेको महोत्सव सबै कला, संस्कृतिको जगर्ने गर्न सकेमात्र देश समृद्धि बन्ने बताए ।

यसपटकको पहिलो दिन अर्थात शुक्रबार गुरुङ, लिम्बू, राजबंशी र नेवारी चलचित्र प्रदर्शन गरिएको थियो । महोत्सव आज साँझ सकिदैछ । महोत्सवमा सहभागी चलचित्र बिभिन्न शिर्षकमा बिजेता समेत घोषित हुनेछन् । आ–आफ्नो कला, संस्कृति झल्काउने भेषभूषामा उपस्थित दर्शकले गर्दा महोत्सवमा थप रौनकता छाएको छ ।

दर्शकको सहभागिता पनि राम्रै छ । महोत्सवमा आदिवासीका रहन–सहन तथा कला संस्कृति झल्काउने छोटा तथा लामा चलचित्रहरु स्क्रिनिङ गरिँदै आएको छ ।

Share this news: