सुनाखरी न्युज
२०७६ असार ३ , मंगलबार

प्रधानमन्त्री कप क्रिकेटको उपाधि नेपाल पुलिस क्लव लाई

खेलकुद

Capture

प्रधानमन्त्री कप क्रिकेटको उपाधि नेपाल पुलिस क्लव लाई

सुनाखरी न्युज/ काठमाडौ – नेपाल पुलिस क्लवले तेस्रो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्दै नेपाल पुलिस क्लबले उक्त उपाधि जित्न सफल भएको हो । उपाधिसहित नेपाल पुलिस क्लवले नगद २० लाख रूपैयाँ पुरस्कार प्राप्त गरेको छ ।

 

राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा नेपालय इन्टरनेशनल प्रालिको सहकार्यमा यही जेठ १० देखि सुरु भएको उक्त प्रतियोगितामा नेपाल पुलिस क्लव, त्रिभुवन आर्मी क्लव र एपीएफ गरी ३ विभागीय टोली तथा ७ प्रदेश गरी जम्मा १० टोलीको सहभागिता रहेको थियो ।

Share this news: