सुनाखरी न्युज
२०७६ असार ३ , मंगलबार

हुन्डाईका भाग्यमानी ग्राहक यी हुन् , एउटा कार किन्दा फेरि पाए अर्को कार उपहार

अटो

Capture

हुन्डाईका भाग्यमानी ग्राहक यी हुन् , एउटा कार किन्दा फेरि पाए अर्को कार उपहार

सुनाखरी न्युज/ काठमाडौ – हुन्डाईका बम्पर पुरस्कार विजेतालाई उनीहरुले जितेको कारको चाबी हस्तान्तरण गरिएको छ । एक कार्यक्रमका बीच हुन्डाई क्रेटा विजेता बद्रीकुमार खड्का र आई २० एक्टिभ विजेता हाउजिङ्ग एन्ड इन्स्योरेन्स डिपार्टमेन्ट, वेलफेयर प्लानिङ्ग डिरेक्टोरेटका प्रतिनिधिलाई हस्तान्तरण गरिएको छ । हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आयोजना गरेको सो कार्यक्रममा लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, कन्जुमर आई नेपालकी अध्यक्ष बिमला खनाल र हुन्डाई मिस फ्रेन्डसिप २०१९ की विजेता न्यान्सी बोगटी सहभागी थिए ।

 

हुन्डाईले दसैं तिहार लगायतका चाडपर्वको अवसरमा ल्याएको ‘हुन्डाई फेस्टिभ डिलाइट २०७५’ का विजेतालाई यसरी पुरस्कृत गरेको हो । हुन्डाई कार किनेका ग्राहकहरुका लागि सो अफर उपलब्ध गराइएको थियो । अफरको पहिलो बम्पर लक्की ड्र अन्तर्गत कुपन नम्बर ९०६ का हाउजिङ्ग एन्ड इन्स्योरेन्स डिपार्टमेन्ट, वेलफेयर प्लानिङ्ग डिरेक्टोरेट ९श्रीमती भावना के।सी।०, काठमाडौंले हुन्डाई आई २० एक्टिभ गाडी जितेकी थिइन् ।अफरको दोस्रो तथा अन्तिम बम्पर लक्की ड्र अन्तर्गत कुपन नम्बर १६२२ का बद्री कुमार खड्का, दाङले हुन्डाई क्रेटा जितेका थिए । सो अफर अनुरुप हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट र एक वर्षको निःशुल्क बिमाका साथै स्क्र्याच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुट, लक्कि ड्रमार्फत १०० जना भाग्यमानी विजेताहरुलाई १०–१० ग्राम सुन र बम्पर लक्की ड्रबाट दुई जनालाई हुन्डाई आई २० एक्टिभ र हुन्डाई क्रेटा जित्ने अवसर थियो ।

 

हुन्डाई फेस्टिभ डिलाइट २०७५ अफरको विजेताको घोषणा हिमालय टीभीमा लाइभ लक्की ड्रमार्फत बैशाख २२ गते गरिएको थियो । हुन्डाई फेस्टिभ डिलाइट २०७५ अफर अनुरुप १०–१० ग्राम सुन जित्नका लागि १०० जना भाग्यशाली विजेताहरुको लक्की ड्र श्रीमती बिमला खनालद्वारा कन्ज्युमर आई नेपालको अनामनगरस्थित कार्यालयमा गरिएको थियो । सो अफरका १०० जना भाग्यशाली विजेताहरुको नाम हुन्डाई नेपालको फेसबुक पेजमा समावेश गरिएको छ । सो योजना २१ भाद्र देखि ३० कार्तिक २०७५ सम्म लागू गरिएको थियो ।

Share this news: