सुनाखरी न्युज
२०७६ असार ३ , मंगलबार

नेपाल आईडलका विजेता रवीओड र अस्मिता अधिकारीको स्वरमा गोकर्ण रुपाखेती शर्माको हामी किसानी गीत सार्वजनिक

मनोरञ्जन

Capture

नेपाल आईडलका विजेता रवीओड र अस्मिता अधिकारीको स्वरमा गोकर्ण रुपाखेती शर्माको हामी किसानी गीत सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौ – गीतकार गोकर्ण रुपाखेती शर्माको हामी किसानी युटुवमार्फत सार्वजनिक गरिएको छ । रुपाखेतीशर्माले आफ्नै गोकर्ण प्रोडक्सन युटुव च्यानल मार्फत उक्त गीतको भिडियो शुक्रबार सार्वजनिक गरेका छन् । नेपाल आईडलका विजेता रवी ओड र प्रतिष्पर्धि अस्मिता अधिकारीको स्वरमा रहेको गीतमा लेखु सहयात्रीको संगीत रहेको छन् । काठमाण्डौको धर्मस्थलीका विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा छायांकन तथा सम्पादन राजन खरेलको रहेको छ भने माधव राज खरेलको निर्देशन रहेको छ । भिडियोमा गोकर्ण रुपाखेती शर्मा, दिपक सुवेदी, राजन थापा लगायतका कालकारहरु देख्न सकिन्छ ।

 

उक्त गीतमा गीतकार रुपाखेती शर्माले गाउ छोडेर विदेशीने युवाहरु लाई स्वदेशमै परिश्रम गर्न र कृषि, पसुपालन लगायतका व्यवसाय लाई प्रवर्दन गर्न प्रोत्साहीत गरेका छन् । पछिल्लो समय सम्पुर्ण नेपालीयुवाहरु गाउ छोडेर खाडी मुलुकमा पसिना बगाउने गर्दछन् तर आफ्नै जमिन गाउमा बाझो हुदै गएको छ । गाउ घरमा बृद्ध बृद्धा तथा वालवालीका मात्रै रहेको यथार्थलाई प्रस्तुतगर्दै गीतकारले भनेका छन् सबै मिलेर सामुहीक तथा आधुनिक खेती प्रणाली सुरु गरेमा विदेशीभुमीमा पसिना बगाउन नपर्ने बताएका छन् । मिहेनत गरेमा आफ्नै माटोमा मोती फलाउन सकिने र सुखी जिवन विताउन सकिने कुरा लाई गीतकार रुपाखेती शर्माले गीत मार्फत बताएका छन् ।

 

Share this news: