सुनाखरी न्युज
२०७६ असार ३ , मंगलबार

विपक्षि दलका नेतालाई बर्तमान सरकारको आधारहिन दोष : सह महामन्त्री महत

राजनीति

Prakash-Sharan-Mahat

विपक्षि दलका नेतालाई बर्तमान सरकारको आधारहिन दोष : सह महामन्त्री महत

सुनाखरी न्युज/ पोखरा – नेपाली कांग्रेसका सह–महामन्त्री डा प्रकाशसरण महतले बर्तमान सरकार अहिलेससम्मकै बढी भ्रष्टचार गर्ने सरकार भएको आरोप लगाएका छन्। नेपाल प्रेस यूनियन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा महतले अहिले सम्मकै बढी संस्थागत रुपमा सरकारले भ्रष्टचार गरेको आरोप लगाएका छन् । दुई तिहाइको सरकारले वडा तह देखि नै संस्थागत भ्रष्टचार गरेको उनको भनाइ थियो । वाइडवडि लगायतका भ्रष्टचारको बिषयमा महासमिति बाट पारित गरेकोले भ्रष्टचारमा मुछिएका जो कोही नेताहरुलाई कारवाही हुनु पर्ने सहमहामन्त्री डा महतको माग छ ।

 

डा महतले भने प्रायोजित रुपमा सरकारले विपक्षि दलको नेतालाई जग्गामा, वाइडवडीमा सामेल हुनुहुन्छ भन्दै विषायन्तर गर्न खोजे पनि हामीले यसमा उचित छानविनको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेका छौं । आधारहिन दोष सरकारबाट आफुहरुलाइ लागे पनि उचित छानबिन गरी दोषी उपर कारवाही हुनु पर्ने उनको माग छ ।

Share this news: