सुनाखरी न्युज
२०७६ असार ३ , मंगलबार

मूल्य अभिबृद्दी करले अरबौंको लगानी रहेका लगभग ३८ वटा स्वदेशी मैदा उद्योगहरु जोखिममा

कर्पोरेट

Capture

मूल्य अभिबृद्दी करले अरबौंको लगानी रहेका लगभग ३८ वटा स्वदेशी मैदा उद्योगहरु जोखिममा

सुनाखरी न्युज/ काठमाडौ – दैनिक जिवनमा नभैनहुने अत्यावश्यक खाद्य बस्तु गहुंको पिठो आंटा मा चालु आब देखी मूल्य अभिबृद्दी कर लगाएकोले अरबौंको लगानी रहेको लगभग ३८ वटा स्वदेशी मैदा उद्योगहरु जोखिममा पर्ने भएका छन् । भारतबाट बैद्य वा अबैद्य तवरबाट आउने मैदा÷आंटा संग अब प्रतिस्पर्धा गर्न सक्ने अवस्थानै छैन । स्वदेशमै आत्मनिर्भर भईसकेको आंटा जस्तो खाद्य बस्तुमा यसरी करको भार थपि दिदा बैध वा अबैध आयातले प्रोत्साहन पाउने निश्चित छ ।

 

सरकारले देश अब खाद्यान्नमा आत्मनिर्भर हुने घोषणा गरेपनि ब्यवहारमा नदेखिएको कारण स्वदेशी उद्योगले अब थप चुनौतिको सामना गर्नु पर्ने हुंदा मैदा उद्यमीहरु निरुत्साहित बनेकाछन् । सरकारी नीतिका कारण अबका केही बर्षमा खाद्य उद्योगहरु धमाधम बन्द गर्नुको बिकल्प छैन् । करोडौको लगानी गरेर उद्योग स्थापनामा जोखिम लिनु भन्दा ट्रेड ब्यापारले प्रोत्साहन पाउने भएको छ । जसले गर्दा भोलिका दिनमा नेपाल पूर्णरुपमा कृषि खाद्य बस्तु आयात देश बन्ने निश्चित छ । सर्वसाधारण र न्यून आयस्तर भएका मानिसले समेत दैनिक खाद्यान्नको रुपमा खाने आंटा जस्तो सम्वेदनसिल खाद्य बस्तुमा मू। अ। कर लागेको छ । यो करको भार उद्यमीमा मात्र नभएर उपभोक्तामा समेत पर्ने हुंदा बेलैमा आवश्यक सहयोग गरी दिन यस संघ नेपाल सरकारसंग बिनम्र अनुरोध गर्दछ । मुल्य अभिबृद्दी करकै कारण अब आंटाको मूल्य लगभग प्रति के।जी। रु।५ देखी ६ बढने हुंदा आम उपभोक्तामा संघको तर्फबाट अनुरोध गर्न चाहन्छौं ।

 

मैदा उद्योगका चुनौतिहरु :
बिगतमा मैदा उद्योगहरु रुग्ण बन्दै गएको यथार्थता मनन गरी सरकारले मैदामा मू अ कर छुट दिई उद्योग संरक्षण गरेकै कारण स्वदेशी मैदा उद्योगहरु आज आत्मनिर्भर भएकोे हो । मैदामा दिदै आएको मू अ कर छुट सुबिधा गत बर्ष हटाएको र अहिले आंटामा समेत मू अ कर लगाएकोले उद्योगहरु पुन समस्यामा पर्ने निश्चित छ । नेपाली जनताको स्वास्थ्यलाई ध्यानमा राखी मानव शरिरमा देखिने रक्तअल्पता Iron Deficiency र कुपोषण कम गर्ने उदेश्यले नेपालको मैदा मिलबाट उत्पादन हुने गहुंको पिठोमा आईरन, भिटामिन ए र फोलिक एसिड अनिवार्य गरेको छ । नेपाल भित्रिने आंटामा ति तत्वहरु समिश्रण नगर्ने भएकोले सरकारको प्mलोर फोर्टिफिकेसनको लक्ष्य असफल हुने निश्चित छ ।

 नेपालमा मधुमेहको बिरामी अत्याधिक मात्रामा बढिरहेको अवस्था छ । ति बिरामिको स्वास्थ्यलाई ध्यानमा राखि डाक्टरलेनै रोटी खाने सल्लाह दिने र सर्बसाधारण आम उपभोक्ताको सहज पहुंच समेत भएकोले पनि सबैको प्रिय खाना रोटी हो । चामलको सट्टा रोटीले नै मानव शरिरलाई फाईदा पुग्ने डाक्टरले समेत प्रमाणित गरेको छ । गहुंको पिठो सबैलाई मन पर्ने र प्रिय खाद्य बस्तु भएकोले परापूर्व कालदेखिनै नेपालमा रोटी खाने प्रचलन धेरै छ ।

 अब बैद्य वा अबैद्य तरिकाबाट भारतिय आंटा नेपाल भित्रिदा अझ बढी चुनौतिको सामना गर्नु पर्ने भयो । भारतीय आंटामा GST नलाग्ने हुंदा अहिले पनि नेपाली मैदा भन्दा भारतिय मैदा धेरै सस्तो छ । भारतिय सिमाक्षेत्रमा नेपाली बजारलाई लक्ष्य गरी खोलिएका अध्याधुनिक ठुला मैदा मिलहरुलाई नेपाल सरकारको यो निर्णयले धेरै फाईदा पुगेको छ । अहिले पनि नेपालको तराई क्षेत्रमा भारतीय मैदा÷आंटा बिक्री हुन थालिसकेको छ । जुन अनुगमनबाट पनी जानकारी दिन सकिन्छ ।

 गहुं नेपालको तेस्रो प्रमुख खाद्यान्न वालि हो । कृषि अनुसन्धान केन्द्रले गहुंको उत्पादन बढाउन नयां विउको अनुसन्धान र उत्पादनमा जोड दिईरहेको छ । आंटाको बजार बिस्थापित हुंदा किसानले गहुंको उचित मुल्य नपाउने र कृषि अनुसन्धान केन्दको लगानि समेत जोखिममा पर्ने निश्चित छ । गहुं खेति सुख्खा याममा हुने नगदे वालि भएकोले त्यो समयमा अन्य वाली लगाउने चलन नेपालमा छैन । अब गहुं नलगाउने हो भने खेतिनै बांझो राख्नु पर्ने बाध्यता आईपर्ने हुंदा यसले किसानलाई मात्र नभई देशको कृषि क्षेत्रलाईनै प्रत्यक्ष असर गर्दछ । नेपाली गहुं यहांका उद्योगमा प्रयोग नहुने हो भने गहुंखेतिनै बिस्तारै बिस्तारै लोप हुदै जान्छ । स्मरण रहोस तोरी तेलमा मू। अ। कर लगाएकै कारण अहिले नेपालमा तोरी खेति बिस्थापित हुंदै गएको हो ।

 

सुझाबहरु :

 हामि उद्यमी व्यवसायिहरु मू अ  कर बिरोधी होईनम् । कृषिमा आधारित उद्योगको लागि यो दर धेरैनै उच्च छ । अत्यावश्यक दैनिक उपभोग्य खाद्य बस्तु र विलासिताको बस्तुमा करको दर समान भएकोले बिचार गरी दिन नेपाल सरकार समक्ष अनुरोध गर्दछौं । मू अ कर को संरचनालाई बेलैमा परिमार्जन गरी Multiple VAT मा जांदा राम्रो हुन्छकी भन्ने हाम्रो संघको अनुरोध छ ।

 दैनिक ज्यालादारिमा कामगर्ने कामदार अल्पकालिन र अनपढ हुने हुनाले सबैलाई स्थायी लेखा नं PAN लिन अब्यवहारिक र असम्भब हुने भएकोले सो कारण बाट कल कारखानामा बिकट समस्या भई कामदारको अभावका कारण उद्योग कलकारखाना बन्द गर्नु पर्ने स्थिति आउन सक्ने हुंदा स्थायी लेखा नं अनिवार्य गर्दा भोलिको दिनमा यसले बिकराल समस्या उत्पन्न गर्न सक्छ ।

तसर्थ, आंटामा लागाएको मुल्य अभिबृद्दी कर VAT ले किसान, उपभोक्ता, व्यवसायी, नेपाल सरकार कसैलाई पनि फाईदा नहुने उल्टो सबै पक्षलाई बेफाईदा मात्र हुने हुंदा थप अध्यायन सहित आंटामा लगाईएको मुल्य अभिबृद्दी कर (VAT) फिर्ता गरी स्वदेशी मैदा उद्योग बाचाई दिन यस संघको तर्फबाट बिनम्र अनुरोध गर्दछौं ।

Share this news: