सुनाखरी न्युज
२०७६ असार ३ , मंगलबार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, एनसीएचएल सँग आबद्ध

बीमा

Capture

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, एनसीएचएल सँग आबद्ध

सुनाखरी न्युज/ काठमाडौँ – रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो भुक्तानी सम्बन्धी कारोवारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणाली प्रयोग गरि डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरि दुई संस्था बीच सम्झौता भएको छ । सम्झौता पत्रमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लि यस क्लियरिङ हाउसको सदस्यका रुपमा जोडिने,पहिलो लाइफ इन्स्योरेन्स कम्पनी बनेको छ ।

 

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि ले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई NCHL-IPS र connectIPS e-Payment प्रणाली सँग आबद्ध भए पछि एजेन्ट कमिसन, तलब, भुक्तानी दिनुपर्ने बीलहरु, भुक्तानी लिनुपर्ने रकमहरु र लगानी सम्बन्धी कारोबारहरु यस संस्था संग आबद्ध भएका बैंक खाताहरुबाट सोभैm गर्न सक्नेछ । यो प्रणालीमा आबद्ध भए लगत्तै रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका बीमित हरुले आफ्नो प्रिमियम बीमा शूल्कपनि अनलाइनमार्फत सजिलै तिर्न सक्नेछन् । यी सबै कारोबारहरु सोझै इन्स्योरेन्स कम्पनी तथा लाभ ग्राहिहरुका बैंक खाताहरुबाट हुनेछन् ।

 

२०७४ देखि सञ्चालनमा आएको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड प्रतिष्ठित अर्थशास्त्रीहरु, उद्योगपतिहरु, बैंकरहरु र व्यावसायीहरुद्वारा प्रबद्धित जीवन बीमा कम्पनी हो । कम्पनीले आधुनिक प्रविधिमा आधारित विभिन्न सेवाहरु प्रदान गर्दै आएको छ र एनसीएचएलसँगको यस साझेदारीले डिजिटल इन्स्योरेन्स सेवाहरुमा पनि आफ्नो विशेष उपस्थिति गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । एनसीएचएल नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरू र स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेडद्वारा प्रवद्र्धित कम्पनी हो । यसको connectIPS e-Payment / NCHL-IPS क्प्रणालीमा हाल सम्म ५६ बैंक र ७६ वित्तीय संस्थाहरू सदस्यता भैसकेका छन् ।

थप जानकारीको लागि www.nchl.com.np हेर्नुहोला ।

Share this news: