सुनाखरी न्युज
२०७६ असार ३ , मंगलबार

राष्ट्र बैंकमा कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर, चार जनालाई पुरानै ठाउँको प्रमुख बनाइयो, नयाँ चार जनालाई कामुको जिम्मेवारी

मुख्य समाचार

nrb.

राष्ट्र बैंकमा कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर, चार जनालाई पुरानै ठाउँको प्रमुख बनाइयो, नयाँ चार जनालाई कामुको जिम्मेवारी

सुनाखरी न्युज/
काठमाडौं-
नेपालपाल राष्ट्र बैंकले कार्यकारी निर्देशकहरुको जिम्मेवारी हेरफेर तथा नयाँ नियुक्ती गरेको छ । पाँच जना कार्यकारी निर्देशकहरु अवकाश भएपछि राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले रिक्त पदमा बरिष्ठ नर्देशकबाट चार जनालाई कामु कार्यकारी निर्देशक तोकेका हुन् । उनीहरु एक महिनापछि स्वत कार्यकारी निर्देशक हुने छन् । पाँच जना कार्यकारी निर्देशकरु गत २६ गते ३० बर्षे सेवा अवधिका कारण अवकाश भएका छन्।
कामु कार्यकारी निर्देशक तोकिएकाहरुमध्ये चार जनालाई अहिले काम गरिरहेको विभागमै जिम्मेवारी दिइएको छ भने एक जनालाई अर्कै विभागमा सरुवा गरिएको छ। कर्णाली प्रदेशको योजना आयोग उपाध्यक्षसमेत रहेका डा. प्रकाशकुमार श्रेष्ठलाई अनुसन्धानको निर्देशकबाट सारेर लघुवित्त विभाग प्रमुख बनाइएको छ।

बाँकी चार जना बैंकिङ अफिसका नरेश शाक्य, संस्थागत योजना विभागका सुमनकुमार अधिकारी,  नियमन विभागका बमबहादुर मिश्र र विदेशी विनिमय विभागकी सरिता भट्टलाई त्यहीँको प्रमुखको जिम्मेवारी दिइएको हो।

 

Share this news: