सुनाखरी न्युज
२०७६ असार ३ , मंगलबार

वीरगंज बाट करिब २५ तोला चाँदी सहित पक्राउ

सुन–चाँदी

Chadi arrest

वीरगंज बाट करिब २५ तोला चाँदी सहित पक्राउ

सुनाखरी न्युज/ पर्सा – वीरगंज महानगरपालिका १५ भानु चोकबाट बारा कोल्वी नगरपालिका १ बस्ने २४ वर्षीय अनिल रामदाम र १८ वर्षीय जिवन रामदामलाई २५ तोला चाँदी सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

 

प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले टोलीले कलैयाबाट वीरगंज बसपार्कतर्फ जाँदै गरेको बा ९६ प १९११ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल चालक अनिलको साथबाट उक्त चाँदी फेला पारी र मोटरसाइकलमा सवार जिवन समेतलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Share this news: