सुनाखरी न्युज
२०७६ असार ३ , मंगलबार

सिभिल बैंक लिमिटेडको शाखा लाहान र दुधेमा

बैकिङ

Capture

सिभिल बैंक लिमिटेडको शाखा लाहान र दुधेमा

सुनाखरी न्युज/ काठमाडौँ – सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा लाहान नगरपालिकाको लाहानमा र शिवसताक्षी नगरपालिकाको दुधेमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन छुट्टाछुट्टै कार्यक्रमहरुका बीच लाहान नगरपालिका का मेयर मुनी साह सुडीले शिवसताक्षी नगरपालिकाको मेयर चन्द्र कुमार शेर्माले क्रमश लाहान शाखा र दुधे शाखाको उद्घाटन गर्नुभयो ।

 

शाखाको उद्घाटन समारोहहरुमा प्रमुख अतिथि लगायत पत्रकार महासंघका पदाधिकारी, सिभिल बैंक प्रदेशका प्रदेश प्रमुखहरु सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।लाहान र दुधे शाखा सहित सिभिल बैंकको कुल शाखा संख्या ७९ पुगेकोे पनि बैंकले जनाएको छ ।

Share this news: