सुनाखरी न्युज
२०७६ असार ३ , मंगलबार

चापाकोट बचतको रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन

स्वास्थ्य

Capture

चापाकोट बचतको रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन

सुनाखरी न्युज/  पोखरा – पोखराको डिहोगोपाटन स्थित चापाकोट बचत तथा ऋण सहकारी संस्थाको लिमिटेडको रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको छ । उक्त संस्थाले आफ्नो छैठौ वार्षिक उत्सवको अवसरमा कार्यक्रमको आयोजना गरेको थियो । पोखरा महानगरपालिका वडा नं ६ का वडाअध्यक्ष जगतबहादुर पहारीले पहिलो रक्तदाता राजन सुवेदीलाई ब्लड ब्याग हस्तान्तरण गर्दै रक्तदान कार्यक्रमको उद्घाटन गरे ।

 

“रक्तदान जिवनदान जिवनदान महादान”नारा दिदै आयोजित उक्त कार्यक्रमको समापन शिवलाल पराजुलीको अध्यक्षतामा भएको थियो । रक्तसञ्चार केन्द्र रामघाट पोखराको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

Share this news: