सुनाखरी न्युज
२०७६ असार ३ , मंगलबार

पर्वतको पहिलो सामुदायिक रेडियो पर्वतमा आगालागी, प्रशारण बन्द

ट्रेन्डिङ

Radio parbat

पर्वतको पहिलो सामुदायिक रेडियो पर्वतमा आगालागी, प्रशारण बन्द

सुनाखरी न्युज/ पर्वत – राती १ बजेको समयमा पर्वतको पहिलो सामुदायिक रेडियो, रेडियो पर्वत १०३.६ मेगाहर्जको कार्यालयमा विद्युत सर्ट भएर आगालागी हुँदा सम्पुर्ण सामाग्रीहरु जलेर नष्ट भएको छ भने घरमा समेत क्षति पुगेको छ । आगालागीबाट रेडियोको ट्रान्समिटरमा समेत क्षति पुगेको छ । ७ वटा कम्प्युटर, दुई वटा मिक्सचर, हाईब्रिड, टेलिभिजन लगायतका सामग्रीहरु पुर्ण रुपमा नष्ट भएको रेडियोका स्टेशन म्यानेजर शंकर शर्माले जानकारी दिनुभयो ।

 

आगालागी भएसँगै विहानदेखि रेडियोको प्रशारण समेत बन्द भएको छ । कुनैपनि सामान काम नलाग्ने भएकाले बन्द गर्नुको बिकल्प नभएको शर्माले बताउनुभयो । उहाँका अनुसार आगालागी भएपछि स्थानीयवासी र प्रहरीको सक्रियतामा राती दुई बजे नियन्त्रणमा लिईएको थियो । आगालागीबाट रेडियो संचालित घरका तीन वठा कोठामा समेत क्षति पुगेको छ ।

 

झण्डै रु तीस लाख रुपैया भन्दा बढिको क्षति भएपनि यकिन विवरण भने आईनसकेको शर्माले जानकारी दिनुभयो । तत्काल थाहा पाएका कारण कुनै मानविय क्षति हुन भने नपाएको स्थानीय प्रहरीले जानकारी दिएको छ । २०६४ सालदेखि ग्रामीण क्षेत्र फलेवासवाट प्रशारण हुँदै आएको यस क्षेत्रको पहिलो सामुदायिक रेडियो पछिल्लो समय अहिंसावादी रेडियो पर्वतको नाममा संचालनमा रहेको थियो ।

Share this news: