सुनाखरी न्युज
२०७६ असार ३ , मंगलबार

बाल श्रमविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

ट्रेन्डिङ

cld1

बाल श्रमविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

सुनाखरी न्युज/ काठमाडौं – बालबालिका श्रममा होइन सपना हेर्न रमाउँछन भन्ने नाराका साथ आज विश्व बालश्रम विरुद्धको दिवस, नेपालमा पनि मनाईंदैछ । अन्तराष्ट्रिय श्रम संगठन आईएलओ को महासन्धी पारित गरेको दिनको सम्झनामा जुन १२ तारिखमा विश्व बालश्रम विरुद्धको दिवस मनाउने गरिएको छ । श्रमशक्ति सर्वेक्षण अनुसार नेपालमा बालश्रमिकको संख्या दुई लाख ८६ हजार छ ।

 

नीजि प्रयोजनका लागि काम लगाइएका र सेवा प्रदायक काममा राखिएका बालबालिका २१ देखि २५ लाखको संख्यामा छन् । बालश्रम विरुद्वको ऐन तथा नियमावलीले बालश्रम गर्ने गराउनलेलाई कानुनी अपराधको रुपमा राखेको छ । तर पनि १४ वर्ष मुनिका धेरै बालबालिका श्रम गर्न अझै पनि बाध्य छन् । होटल, पर्यटन, मनोरञ्जन क्षेत्र, घर, इँटाभट्टा, गलैँचा कारखाना, सवारी साधन, ग्यारेज, उद्योग लगायतका क्षेत्रमा बालश्रमिक रहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

Share this news: