सुनाखरी न्युज
२०७६ असार ३ , मंगलबार

प्रहरीले लागुऔषध कारोबारी लाई नियन्त्रणमा लिन पोखरामा चलायो गोली 

सुरक्षा–अपराध

Gun fire

प्रहरीले लागुऔषध कारोबारी लाई नियन्त्रणमा लिन पोखरामा चलायो गोली 

सुनाखरी न्युज/ काठमाडौं – पोखरा महानगरपालिका १० को उत्तम चोकमा गोली हानेर प्रहरीले लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको हो। ‘डिके’ भनिने ३० वर्षीय गोविन्द थापालाई गोली हानी नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। थापाको बायाँ खुट्टामा गोली लागेको छ। उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ । अन्य दुई जना भने भाग्न सफल भएका छ्न ति फरार व्यक्तिको पनि प्रहरीले खोजी गरिरहेको बताएको छ । पोखराको उत्तमचोकमा रहेको एक क्याफे प्रहरीले उनीहरूलाई लागुऔषध लिएर हिँडेको विशेष सूचनाको आधारमा प्रहरीले छापा हानेको थियो।

 

प्रहरीले नियन्त्रणमा लिन खोजेपछि उल्टै प्रहरीलाई चिर्पटले हिर्काएर भाग्न खोजेका थिए। प्रहरीमाथि नै जाइलागेपछि बाध्य भएर प्रहरीले गोली चलाएको बताएको छ। घाइते भएको प्रहरी सन्तोष सुवेदी पार्कल्याण्ड हस्पिटल अमरसिंहचोकमा सामान्य उपचार गरेर डिस्चार्ज भएका छन्। प्रहरीले उनीहरूको साथबाट १५ सय थान लागुऔषध बरामद गरेको जनाएको छ। फरार लागुऔषध कारोबारीहरूको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ।

Share this news: