सुनाखरी न्युज
२०७६ असार ३ , मंगलबार

आफ्नै श्रीमती लाई धारिलो हतियार खुकुरी प्रहार गरी घाईते बनाएको अभियोगमा पक्राउ

सुरक्षा–अपराध

Arrested Police

आफ्नै श्रीमती लाई धारिलो हतियार खुकुरी प्रहार गरी घाईते बनाएको अभियोगमा पक्राउ

सुनाखरी न्युज/ताप्लेजुङ  – आफ्नै ४५ वर्षीया श्रीमती जामु शेर्पालाई धारिलो हतियार खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा मैवाखोला गाउँपालिका ५ खानी गौंडा बस्ने ४५ वर्षीय फुर्वा दोर्जी शेर्पालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

 

धारिलो हतियार खुकुरी प्रहार गरेको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी साँघुबाट खटिएको प्रहरीले फुर्वालाई खुकुरी सहित पक्राउ गरेको हो । घाइते जामुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Share this news: