सुनाखरी न्युज
२०७६ असार ३ , मंगलबार

वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

सुरक्षा–अपराध

Capture

वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

सुनाखरी न्युज/ काठमाडौं – विनोद वानियाको जाहेरीले वादी नेपाल सरकार प्रतिबादी सुमन देउजा भएको वैदेशिक रोजगार ठगी मुद्दामा वैदेशिक रोजगार न्यायाधिकरणको फैसलाले शिवजी देउजाको छोरा जिल्ला काठमाडौं साबिक काठमाडौ महानगरपालिका वडा नं ३५ हाल काठमाडौ महानगरपालिका वडा नं ३२ बस्ने सुमन देउजालाई १ वर्ष ६ महिना कैद र रु १,५०,००० एक लाख पचास हजार जरिवाना हुने ठहर भएकोमा उल्लेखित सजाय बेरुजू रही फरार रहेका निज प्रतिवादीलाई यस ब्यूरोको टोलीले रानीबन, काठमाडौंबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ।

 

काठमाडौं जिल्ला अदालतमा पेश गरीएका निज प्रतिबादीलाई अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंमा पठाईएको छ।

Share this news: