सुनाखरी न्युज
२०७६ असार ३ , मंगलबार

एकै साथ जनता बैंकको ६ नयाँ शाखाहरु बाट कारोवार सुभारम्भ साथै बृहतनिःशुल्क स्वास्थ्य शिविर पनि संचालन

बैकिङ

Capture

एकै साथ जनता बैंकको ६ नयाँ शाखाहरु बाट कारोवार सुभारम्भ साथै बृहतनिःशुल्क स्वास्थ्य शिविर पनि संचालन

सुनाखरी न्युज/ काठमाडौं – देशको ग्रामिणतह सम्म बैंकिङ्गपहुँचपु¥याई सहज र सरल वित्तीय सेवाउपलब्ध गराउने उद्देश्य अनुसार शाखा विस्तारलाई निरन्तरता दिइरहेको यस जनता बैंक नेपाल लिमिटेडले एकै साथ काठमाडौं उपत्यकामा ३ र अन्य स्थानमा ३ गरी एकै साथ ६ शाखाको उद्घाटन गरी कारोबार सुभारम्भ गरेको छ । नयाँठिमी भक्तपुर, पाटन सुन्धारा, किर्तिपुर काठमाडौं, फिदिम पाँचथर, मन्थली रामेछाप र डुम्रे तनहुँमा नयाँ शाखा खोलिएको हो ।

 

मन्थली शाखाको उद्घाटन मन्थली नगरपालिकाका मेयर रमेशकुमार बस्नेतले गर्नुभयो । उक्त समुद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष केशबबहादुर रायमाझी र प्रमुखकार्यकारी अधिकृत परशुरामकुंबर क्षेत्रीले बैंकको बारेमा मन्तब्य राख्नु भएको थियो । यसैगरी फिदिम शाखाको फिदिम नगरपालिकाका मेयर ओनाहाङ्ग नेम्वाङ्ग, डुम्रे शाखाको बन्दीपुर गाउँपालिका का अध्यक्ष पूर्णसिं थापा, पाटन सुन्धारा शाखाको बैंकका संचालक रामबहादुर भण्डारी, ठिमी शाखाको बैंकका संचालक संजिब न्यौपाने र किर्तिपुर शाखाको नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले समुद्घाटन गर्नुभयो । नयाँ खोलिएका शाखाहरुबाट ति क्षेत्रका सर्वसाधारण तथा उद्यमी व्यवसायीहरु लाई सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुबिधा लगाएत सम्पूर्ण आधुनिक बैकिङ्ग सेबा उपलब्ध गराइने छ ।

 

यसै बिच तनहुँको डुमेमा शाखा उद्घाटन सँगै सस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बृहतनिःशुल्क स्वास्थ्यशिविर पनि संचालन गरिएको छ । स्त्रीतथा प्रसूति रोग, हाडजोर्नी र सामान्य स्वास्थ्य परिक्षण सम्बन्धी सञ्चालन गरीएको स्वास्थ्य शिविरमा डुम्रे आसपासका करिब २०० जनाले स्वास्थ्य परिक्षण गराएकाछन् । उक्त स्वास्थ्यशिविरमा बिरामीहरुलाई आवश्यकऔषधिनिःशुल्कउपलब्ध गराइएको छ । यस सँगै जनता बैंककोशाखा संजालपूर्वको ताप्लेजुङ्ग देखि पश्चिमको दार्चुला सम्मशहरी तथाग्रामीण क्षेत्रकाविभिन्न स्थानहरुमा गरी कुल१३५ पुगेको छ । यस सगै बैंकले ५०शाखा रहित बैंकिङ्ग, १ सीमित बैंकिङ्ग ईकाइ,३ एक्सटेन्सनकाउन्टर तथा१०३एटिएमहरु मार्फत उच्च स्तरीय बैंकिङ्ग सेबा पु¥याउदै आइरहेको छ ।

Share this news: