सुनाखरी न्युज
२०७६ असार ३ , मंगलबार

राप्रपा संयुक्त गुठी विधेयकको विरोधमा, विहिबार आधिकारिक धारणा सार्वजनिक गर्ने

देश–प्रदेश

RPP-Samyukta

राप्रपा संयुक्त गुठी विधेयकको विरोधमा, विहिबार आधिकारिक धारणा सार्वजनिक गर्ने

सुनाखरी न्युज/
काठमाडौं-
राप्रपा संयुक्त गुठी विधेयकको विरोधमा उत्रने भएको छ । हालै नेपाल सरकार ले संसदमा पेस गरेको गुठि सम्वन्धि विधयक ले सरोकारवाला लाइ संवोधन गर्न नसकेको भन्दै राप्रपा (संयुक्त) ले त्यसको विरोध गरेको हो । यसै सिलसिलामा उसले विहिबार रिपोटर्स क्लवमा पत्रकार सम्मेलन गरेर आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्न लागेको छ ।

 

पार्टीको अध्यक्ष द्वय पशुपतिशमशेर जवरा र डा प्रकाशचन्द्र लोहनी ले पार्टीको धारणा सार्वजनिक गर्दै सरकार लाइ विधेयक फिर्ता लिन अनुरोध गर्ने भएका छन् ।
गुठी ब्यबस्थापनको नाममा सरकारले ल्याएको बिधेयक नेपालको धर्म, संस्कृती , परम्परा नष्ट गर्ने उदेश्यबाट अभिप्रेरित भएको उसको ठहर छ । बिधेयक संविधानको मर्म र भावना बिपरित भएको उल्लेखले सरकारले बिधेयक तत्काल फिर्ता लिनुपर्ने राप्रपा (संयुक्त) को ठहर छ ।

Share this news: