सुनाखरी न्युज
२०७६ असार ३ , मंगलबार

विकासको मुख्य बाधक असमझदारी, समृद्धि मुलक निर्माणकालागि तीनवटै सरकारबीच समन्वय आवश्यकः मुख्यमन्त्री पौडेल

देश–प्रदेश

Pradesh 3

विकासको मुख्य बाधक असमझदारी, समृद्धि मुलक निर्माणकालागि तीनवटै सरकारबीच समन्वय आवश्यकः मुख्यमन्त्री पौडेल

सुनाखरी न्युज/
हेटौंडा –

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकको विकास र समृद्धिका लागि सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच उच्चस्तरको सहयोग, समन्वय र सहकार्य हुनुपर्ने बताएका छन् ।

हेटौंडामा बुधवार शुरू भएको प्रदेश परिषद्को दोस्रो बैठकलाई उद्घाटन गर्दै उनले नेपालको संविधानभन्दा माथि कोही पनि छैन, त्यसैले स्वायत्त भएको भन्दैमा स्थानीय सरकार सर्वोपरि नभएको बताए ।

मुख्यमन्त्री पौडेलले भने, ुहामीले हाम्रो काम गर्ने शैलीलाई परिवर्तन गरेनौं भने मुलुकमा समृद्धि प्राप्त हुँदैन, हामी परिवर्तनको बाहक हौं भनेर मात्र हुँदैन, हामीले सामाजिक र आर्थिक रुपान्तरण गर्न जरुरी छ ।ु

मुख्यमन्त्री पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशबाट प्रकाशित वस्तु विवरण समेटिएको पुस्तक सार्वजनिकसमेत भएको थियो । दुई दिनसम्म चल्ने सो बैठकमा प्रदेशका १३ जिल्लाका ११९ स्थानीय तहका २३८ प्रमुख तथा उपप्रमुखको सहभागिता रहेको छ ।

Share this news: