सुनाखरी न्युज
२०७६ श्रावण ३ , शुक्रवार

दुनियाँकै महँगा जिन्स, मूल्य १३ करोडसम्म

विचित्र–संसार

Pant

दुनियाँकै महँगा जिन्स, मूल्य १३ करोडसम्म

सुनाखरी न्युज-

जिन्सको प्रयोग तपाइँले पनि गर्नुभएको होला । तपाईंले अहिलेसम्म कतिसम्म महँगो लगाउनु भएको छ ? के विश्वका सबैभन्दा महँगा जिन्सका बारेमा तपाईंलाई थाहा छ ? छैन भने आउनुहोस् विश्वका सबैभन्दा महँगा केही जिन्सका बारेमा जानौँ ।

१। सेभेन फर अल म्यानकाइन्ड स् यो जिन्स प्यान्टको ब्राण्ड हो । यो जिन्स आफ्नो फिटिङ्गका लागि चर्चित छ । उक्त ब्राण्डको एउटा जिन्स पाइन्टको मूल्य २४८ डलर पर्दछ ।

२। अर्नेट सिओ कस्टमः यो ब्राण्डको जिन्सको प्रतिगोटा मूल्य १ हजार डलर सम्म पर्दछ ।

३।रोबर्टो केभेली स् हलिउड कलाकारहरुका बीचमा यो जिन्स लोकप्रिय छ । यसमा जडित पत्थरहरुका कारण यो ब्राण्डको जिन्स चर्चित छ । यो जिन्सको मूल्य ११ सय ९९ डलर पर्दछ ।

४। डोल्चे एण्ड गबेना स् यो जिन्सको विशेषता भनेको एउटा पछाडि पट्टिको गोजीमा गुलाबी प्याच हुन्छ र त्यसमा सुनको लोगो पनि लगाइएको हुन्छ । यो ब्राण्डको सबैभन्दा महंगो जिन्सको मूल्य १२ सय डलर पर्दछ ।

५। गूची स् यो ब्राण्डको नाम त तपाइँले सुन्नुभएकै होला । गूची ब्राण्डको जिन्सको सबैभन्दा महंगो प्रकारको मूल्य ३१ सय डलर सम्म पर्दछ ।

६। एपो जिन्स स् यो ब्राण्डको जिन्सको विशेषता भनेको यसमा रेशमको गोजी हुन्छ र बटन सुन वा प्लाटिनमको हुन्छ । यसको एउटा जिन्सको मूल्य ४ हजार डलर सम्म पर्दछ ।

७। एस्केडा स् यो ब्राण्डको जिन्सको मूल्य १० हजार डलर सम्म पर्दछ ।

८। लिभाइस स्ट्रस एण्ड को ५०१ स् यो लोकप्रिय अमेरिकी ब्राण्ड हो जुन आधुनिक प्रिन्ट तथा विशेषताका साथ आफ्नो पूरानो शैलीका लागि चर्चित छ । यो ब्राण्डको सबैभन्दा महंगो जिन्सको मूल्य ६० हजार डलर सम्म पर्दछ ।

९। डसाल्ट एपारेल थ्रेस्ड डेनिम स् यो ब्राण्डको जिन्सको मूल्य प्रतिगोटा दुई लाख ५० हजार डलर सम्म पर्दछ ।

१०। सेक्रेट सर्कस स् यो विश्वकै सबैभन्दा महंगो जिन्स हो । यसको पछाडिको गोजीमा हिरा जडित हुन्छ । यो जिन्सको मूल्य प्रतिगोटा १३ लाख डलर अर्थात् १३ करोड रुपैयाँ भन्दा धेरै पर्दछ ।

एजेन्सीको सहयोगमा

Share this news: