सुनाखरी न्युज
२०७६ श्रावण ३ , शुक्रवार

उत्तेजक फोटोले डाक्टरको जागिर चट्

विचित्र–संसार

pp

उत्तेजक फोटोले डाक्टरको जागिर चट्

एजेन्सी-

हालै म्यानमारको मेडिकल काउन्सिलले एकजना महिला डाक्टरको लाइसेन्स रद्द गरिदिएको छ । मोडेलसमेत रहेकी ती सुन्दरी डाक्टरले अनुचित प्रकारका कपडा लगाएर खिचेको फोटो फेसबुकमा पोस्ट गरेको आरोपमा उनको डाक्टरी लाइसेन्स खारेज गरिएको हो ।

२८ वर्षकी नाङ मवे साङले प्रायः आफ्नो फेसबुकमा सेक्सी तस्वीरहरु हाल्ने गर्दथिन् । अन्ततः उनको यो बानी प्रत्युत्पादक बनेको हो ।

उनको पहिरन आपत्तिजनक रहेको र म्यानमारको संस्कृतिको विरुद्धमा रहेको ठहर मेडिकल काउन्सिलले जनाएको छ ।

कारवाही गर्नुअघि काउन्सिलले नाङ्गलाई त्यस्ता तस्वीर आइन्दा फेसबुकमा पोष्ट नगर्न तथा पुराना तस्वीरहरु हटाउन चेतावनी दिएको थियो । तर, उनले मानिनन् ।

 

Share this news: