सुनाखरी न्युज
२०७६ श्रावण ३ , शुक्रवार

पूँजी बजारको कारोवारमा समान्य शुधार, चालु आर्थिक बर्ष धितोपत्र बजार पूँंजीकरण ४ प्रतिशतले बढ्यो

शेयर

Nepse New Building

पूँजी बजारको कारोवारमा समान्य शुधार, चालु आर्थिक बर्ष धितोपत्र बजार पूँंजीकरण ४ प्रतिशतले बढ्यो

सुनाखरी न्युज/
काठमाडौं-
पुँजी बजारको कारोवारमा पछिल्ला महिनामा निकै उतार चढाव देखिएको भएपनि समग्र कारोवार र बजार पुँजीकरणमा भने वृद्धि भएको छ ।
बैंकिङ खबर । चालु आर्थिक बर्षको १० महिना सम्ममा नेप्से सूचाङ्क १३३८।२ विन्दु रहेको छ । नेपाल राष्ट्र बैंकद्वारा सार्वजानिक २०७६ बैशाख मसान्तमा सम्मको वित्तिय विवरणले यस्तो देखाएको हो । जसमा वार्षिक विन्दुगत आधारमा १।७ प्रतिशतले ह्रास आई बैशाख मसान्तमा १३१५।५ विन्दुमा कायम भएको छ । नेप्से सूचकाङ्क २०७५ असार मसान्तमा १२१२।४ विन्दु कायम भएको थियो ।

धितोपत्र बजार पूँंजीकरण वार्षिक विन्दुगत आधारमा ४ प्रतिशतले बृद्घि आई बैशाख मसान्तमा १६ खर्ब ३२ अर्ब ७४ करोड रुपैयाँ कायम भएको छ । उक्त अवधीमा बजार पूँजीकरण वार्षिक विन्दुगत आधारमा १८।५ प्रतिशतले ह्रास आई १५ खर्ब ७० अर्ब २७ करोड रुपैयाँ रहेको थियो ।

 

बैशाख मसान्त सम्ममा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत शेयरहरूको चुक्ता मूल्य ४ खर्ब १५ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७५÷७६ को दश महिनामा २४ अर्ब ७५ करोड रुपैयाँ बराबरको साधारण शेयर ९ अर्ब २२ करोड रुपैयाँ बराबरको हकप्रद शेयर, २० अर्ब २४ करोड बराबरको बोनस शेयर र ७५ करोड १७ लाख बराबरको डिबेन्चर गरी कुल ५४ अर्ब ९६ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

सार्वजानिक तथ्यांक अनुसार समीक्षा अवधिको बजार पूँजीकरणको आर्थिक वर्ष २०७५र७६ को कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४७।१ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोहि अवधीमा यस्तो अनुपात ५१।८ प्रतिशत रहेको थियो ।नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २०७६ बैशाख मसान्तमा २०९ रहेको छ । जसमा सूचीकृत कम्पनीहरूमध्ये १५० वटा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने १९ वटा उत्पादन र प्रशोधन उद्योग, २८ वटा जलविद्युत् कम्पनी, ४÷४ वटा होटल तथा व्यापारिक संस्था र ४ वटा अन्य समूहका रहेका छन् ।

Share this news: