सुनाखरी न्युज
२०७६ श्रावण ३ , शुक्रवार

बैंकिङ क्षेत्रमा प्रतिष्पर्धाले अवसरको सृजना गरेको छ: अनिल कुमार उपाध्याय-प्रमूख कार्यकारी अधिकृत, कृषि विकास बैंक

अन्तर्वार्ता

Anil K Upadhya

बैंकिङ क्षेत्रमा प्रतिष्पर्धाले अवसरको सृजना गरेको छ: अनिल कुमार उपाध्याय-प्रमूख कार्यकारी अधिकृत, कृषि विकास बैंक

 

कृषि विकास बैंक नेपालकै पुराना र ठूला बैंक मध्येको एक हो । खासगरी कृषि क्षेत्रको विकासमा बढीभन्दा बढी गतिशीलता ल्याई सर्वसाधारण जनताको आर्थिक हित र सुविधा कायम गर्ने र कृषिक्षेत्रमा सुलभ र सरल पद्धति अपनाई पूँजी तथा ऋण उपलब्ध गराउनु कृषि विकास बैंकको स्थापना भएको हो । यिनै उद्देश्य परिपूर्ति गर्न कृषि विकास बैंक ऐन, २०२४ अन्तर्गत २०२४ साल माघ ७ गते सुरूमा ५ करोडको अधिकृत पूँजीबाट कृषि विकास बैंकको स्थापना भएको हो ।

बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायसंग बैंकमा ३० वर्ष कार्यरत रहंदाको बैकिङ्ग क्षेत्रको लामो अनुभव छ ।  करिब २.५ वर्ष अगाडी उप–महाप्रबन्धक पदबाट अवकास प्राप्त गर्नु भएका  बैंकका नवनियूक्त प्रमुख कार्यकारी अधिकृत उपाध्यायसंग सुनाखरीन्युज डट कमले समग्र बैंकिङ क्षेत्रको वर्तमान स्थिति र कृषि विकास बैंकका विभिन्न पक्षसँग सम्वन्धित रही कुराकानी गरेको छ । प्रस्तुत छ, उनै उपाध्याय सँगको सम्वादको सम्पादित अंशः

 

Anup Kumar Upadhyay

 

कृषि विकास बैंकको वित्तिय अवस्था कस्तो छ ?

कृषि विकास बैंकले आर्थिक बर्ष २०७४÷७५को मुनाफाबाट आफ्ना साधारण शेयरधनीहरुलाई १५.०५३ प्रतिशत नगद लाभांश र ६ प्रतिशत वोनस शेयर दिने निर्णय बैंकको हालै सम्पन्न बाह्रौसाधारण सभाले पारित गरि वितरण गरी सकिएको । जस अनुसार २०७५ साल आषाढ मसान्तमा कायम रहेको नेपाल सरकारको अग्राधिकार शेयर ५ अर्व ४३ करोड २७ लाख १२ हजार लाई वार्षिक ६ प्रतिशतले हुने रकम ३२ करोड ५९ लाख ६२ हजार ७२० नगद लाभांश र साधारण शेयर चुक्ता पँुंजी ८ अर्व ५० करोड ५२ लाख १६ हजार को लागि ६ प्रतिशत बोनस शेयर वापत ५१ करोड ३ लाख १२ हजार ९६० र नगद लाभांश वापत १५.०५३ प्रतिशतले हुने १ अर्व २८ करोड २ लाख ५८ हजार ८३० शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव साधारण सभाबाट अनुमदोति भै देशका कुना काप्चामा रहेका करिव २ लाख ४५ हजार शेयरधनीहरु लाभान्वित भएका छन् । १२ औ साधरणसभा पश्चात बैंक कुल पूंजी संरचना नेपाल सरकारको अविमोच्य अग्राधिकार शेयर समेत गरी १४ अर्व ४४ करोड ८२ लाख २८ हजार कायम रहेकोमा हालै पारित ६ प्रतिशत वोनस शेयरले हुने रकम ५१ करोड ३ लाख १२ हजार ९६० समेत समावेश गर्दा बैकको चुक्ता पुँजी १४ अर्व ४४ करोड ८२ लाख ४० हजार ९६० हुने भएको छ त्यसै गरी साधारण चुक्ता पुँजी ९ अर्व १ करोड ५५ लाख २८ हजार ९६० पुगेको छ ।

बैंकमा २०७६ साल जेष्ठ मसान्त सम्ममा निक्षेप रकम १ खर्ब १३ अर्व ६२ करोड ५५ लाख पुगेको छ भने लगानीमा रहीरहेको कर्जा १ खर्ब ११अर्व ६९ करोड २० लाख रहेको छ । बैंकले २०७६ साल जेष्ठ मसान्त सम्ममा ४ अर्व ६करोड नाफा आर्जन गरेको छ । जेष्ठ महिना सम्ममा कुल कर्जामा निष्कृय कर्जाको अंश २.२४ प्रतिशत कायम रहेको छ । बैंकले चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम अनुसार निर्धारण गरिएका लक्ष्यहरु हासिल हुने गरी कार्यक्रम संचालन गरिएको छ । अत्यधिक प्रतिस्पर्धात्मक वजारमा समेत बैंक चालु आर्थिक बर्षमा कर्जा तथा सापट, कुल आम्दानी, खुद नाफा लगायतका अधिकांश सूचकांकहरुमा प्रगति गर्न बैंक लागि परेको छ । बैंकले संस्थागत सामाजिक सामुदायिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत वाढिपीडित, वृद्धाश्रम, खानेपानी, मठमन्दिर, स्कूल हाटबजारयात्री प्रतीक्षालय आदिमा आवश्यकता अनुसार सहयोग गदै आएको छ । हाल बैंकका २६० कार्यालयहरूमा कोर बैकिङ सिस्टम जडान भई कारोवार सञ्चालन भैरहेको, २९ स्थानबाट लकर सुविधा प्रदान गरिएको, ६३ कार्यालयबाट ब्त्ः सुविधा प्रदान भएको, २२८ वटा शाखा २३६ वटा कार्यालयबाट सिआस्वा सुविधा उपलव्ध गराइएको, २५० वटा कार्यालयबाट रेमिट सुविधा उपलव्ध गराइएको, २३५ कार्यालयहरूबाट अनलाइन बैंकिङ्गसेवा प्रदान हुँदै आएको र ३३ वटा कार्यालयहरूबाट सरकारी कारोबारको सेवा प्रदान हुँदै आएको छ । साथै इन्टरनेट बैंकिङ, एटिएम, भिषा, एसएमएस, मोवाइल बैंकिङ आइपिएस, आस्वा, सिआस्वा, जस्ता अत्याधुनिक बैंकिङ्ग सेवाहरूको दायरा थप फराकिलो बनाउँदै लगिएको छ ।

यहाँले नेतृत्व सम्हालेको आधा बर्ष हुन लागिसकेको छ । आगामी दिनमा बैंकलाई कसरी अगाडि बढाउने योजना वनाउनुभएको छ ?

कृषि विकास बैंकको ५२ वर्षको इतिहास छ । यो पुरानो संस्था हो । विगतदेखिको लगानी गरेका आधारमा, वित्तिय व्यवस्थापन गरेको आधारलगायत समग्र परिसूचकलाई विश्लेषण गर्दै कहाँ सुधार गर्नुपर्नेछ, कुन—कुन क्षेत्रमा सुधार गर्नुपर्नेछ भनेर बैंक अघि बढिसकेको छ । यसैलाई आधार मानेर क्रमशः सुधार गर्दै गइरहेका छौँ । भविष्यमा ग्राहकको माग अनुसार अत्याधुनिक प्रविधिमा थप विस्तार गरी नयाँ वस्तु तथा सेवा उपलब्ध गराउने प्रतिवद्धता समेत जनाइएको छ । हामी आधुनि बैंकिङ प्रविधिको प्रयोगमा वृद्धिगर्ने, नविनतम प्रविधिको खोजीगर्ने, प्रतिपर्धामा आफूलाई खहेपमा अगाडि बढाउने र आम जनताकोचाहना अनुरुपको छिटो, छरितो र प्रभावकारी सेवा उपलब्ध गराउने कार्यमा तिव्रताकासाथ अगाडि बढ्नेछौं । यस वोहक विश्व बजारमा आएका आधुनिक प्रविधिलार्ई नेपालको वैंकिङ क्षेत्रमा पनि प्रवेश गराई अन्य देशहरुमा जस्तै नेपालमा पनि के कस्ता आधुनिक बैंकिङ सेवा उपलब्ध गराउन सकिन्छ त्यो अध्ययनगरी ब्यवहारमा लागु गर्ने योजनामा हामी छौं जसका कारण आम नेपाली दाजु भाई दिदी बहिनीहरु लाभांन्वित हुन सकुन ।

यहाँले विश्व बजारमा भित्रिएको आधुनिक प्रविधिको कुरा गर्नुभयो । विश्व बजार त अहिले क्यासलेस जस्तै भैसक्यो । हाम्रो देशमा त्यस्तो अपेक्षा अहिले गर्न सकिन्छ ?

विश्व बजारमा लागु भएका कुराहरु हमी कहाँ पनि हुँदै जान्छन् । विश्व बजारमा आधाुनिक प्रविधिको प्रयोगले ठूलै फड्को मारी सकेको छ । हामी कहां पनि अव ढिलो छिटो त्यस्ता प्रविधि भित्रन्छन नै । अहिले पनि नगदको सट्टामा विभिन्न खालका क्यासलेस सिस्टमको प्रयोग यहाँपनि हुन थालिसकेको छ । अव क्रमशः यसमा विस्तार हँुदै जान्छ ।

कृषि विकास बैंकको ब्याजदर अन्य बैंकको भन्दा बढी देखिन्छ । किन ?

ब्याजदर बैंकले भन्दा पनि बजारले निर्धारण गर्छ । पैसा छैन, तानातान हुन्छ त्यसले गर्दा बढी लागत पर्छ । यसमा माग र आपुर्तिले निर्धारण गर्छ । अरु तर्कले काम गर्दैन । बजार प्रतिस्पर्धी छ, व्यवसाय अगाडी बढाउनुपर्नेछ । सेयर होल्डरको लगानी प्रतिफल दिनैपर्छ । हिजोभन्दा कम दियो भने बजारमा आफु कमजोर भइन्छ । यी सबै कुरा खुला बजारले निर्धारण गर्छ । यसलाई अस्वभाविकभन्दा पनि यहि भित्र व्यवस्थापन गर्ने हो ।

हाम्रो कार्य सञ्जाल, काम गर्ने पद्धति र बनावट अलि खर्चिलो छ । कर्जा विस्तार गर्नुपर्छ भन्ने अवस्थाबाट चलेको बैंक पछिल्लो समयमा आएर आफ्नो स्रोत आफैले व्यवस्थापन गर्दै गइरहेको छ । पुर्नसंरचना हुने क्रममा पूर्ण बैकिङ कारोबारमा जानुपर्छ भन्यौ । यो सिस्टमलाई नै परिवर्तन गर्ने चेन्ज म्यानेजमेन्टको अभ्यासले नै लागत उच्च बनाएको छ । अहिलेको कोर बैंकिङ ट्रेनिङ, सम्पत्ति व्यवस्थापन, सञ्चालन लागत उच्च छ । सबैलाई एउटा सिस्टमबाट अर्को सिस्टममा ल्याउँदा सञ्चालन लागत उच्च हुन गयो । गाउँमा बढी शाखा सञ्जाल भएको । हिजो केही पनि नभएको बेला बैंक त्यस्ता दुर्गम ठाउँमा पुगेको थियो । त्यसमा हाम्रो ट्रान्सफर कस्ट नै हाइ थियो । शहरको पैसा गाउँमा लगेर कर्जाको रुपमा वितरण गर्नु पर्ने भएकोले पनि केहि लागत बढ्न गएको हो । हिजो विकास बैंकको रुपमा कार्य गर्दै आएको जनशक्तिलाई आधुनिक बैकिङ्ग अवधारणा अनुसार तालिम दिनुपर्यो, सिस्टम अपग्रेड गुर्नुपर्यो जसले दोहोरो लागत पर्न गयो । तर अब बिस्तारै ब्याजदर घट्नेक्रममा छ । कर्मचरी खर्च घट्दै गइरहेको छ । अहिले रुपान्तरणको चरणमा भएकाले मिसम्याच मात्र भएको हो । आगामी दिनमा यस विषयमा अझ सुधार हुने छ ।

ब्याजदरको पछिल्लो अवस्था कस्तो छ ?

कृषि विकास बैंकले ग्राहकको चाहना र सन्तुष्टिलाई मुल नारा बनाई आफ्ना सेवाहरु बजारमा प्रवाह गर्दै आएको छ । यसै सन्र्दभमा बैकिङ्ग बजारमा कर्जाको व्याजदर उच्च रहेको जनगुनासो आईरहेको अवस्थामा ग्राहकहरुको चाहना तथा जनगुनासोलाई सम्बोधन हुने गरी बैंकले पछिल्लो ३ महिना भित्र २ पटक सम्म व्याजदरमा परिवर्तन गरेको जस अनुसार कर्जाको व्याजदर २ प्रतिशतले घटाउने र सर्वसाधरणहरु लाभान्वित हुने गरि निक्षेपको व्याजदरमा २ प्रतिशत बढाई कार्यन्वयनमा ल्याई सकेको छ ।

तपाईंहरुको पोर्टफोलियोको अवस्था कस्तो छ ?

अहिले हाम्रो झण्डै ३० प्रतिशत लगानी कृषिमा छ । सबैभन्दा ठूलो साइज कृषिकै छ । एक खर्ब ११ अर्बको फोर्टफोलियोमा ३० प्रतिशत कृषिकै हुनु भनेको निकै राम्रो हो । कृषिको विकास सँगसँगै वाणिज्य कारोबारलाई सँगसँगै लैजाने बैंक हो । त्यसबाहेक उर्जामा लगानी गरेका छौँ । अहिले ९ वटा कन्सोर्टियम पार्टनरसँग मिलेर लगानी गरेका छौँ । पर्यटन, उर्जा र ठूला उद्योगहरुमा पनि लगानी गरिएको छ ।

 

 

यो बैंकले सरकारले भनेको सहुलियत ब्याजदरमा ऋण दिइरहेको छ ?

तपाईं क्षेत्र–क्षेत्रमा गएर सोध्न सक्नुहुन्छ । विगत देखिनै हामीले कृषि व्यवसायीक कर्जामा पनि अन्य बैंकको तुलनामा बढी लगानी गरेका छौ । सहुलियत कर्जा त्यसै गरी गइरहेको छ । माघ सात गतेबाट सहुलियतपूर्ण कर्जा शुरु गरेका हौ । प्रदेशभित्र ऋण दिन शुरु गरेका हौ । सहुलियत कर्जा लिन केन्द्रमै आउनुपर्दैन । प्रदेशले नै सहजीकरण गर्छ । होमस्टे, सुन्तला खेती, तरकारी, बाख्रापालन लगायतका लागि भन्दै ऋण माग्न आइरहेका छन ।

कृषिमा गरेको लगानी उठाउन समस्या हुने भन्दै बैंकहरु कृषिमा लगानी गर्न खासै रुची देखाउँदैनन् । तर तपाईंहरुले त सबैभन्दा बढी कृषिमै लगानी गर्नुभएको छ । लगानी उठाउन कतिको सम्भव छ ?

यो किसानको खेतीवालीमा भर पर्छ । उत्पादन र बिक्री वित्तरण प्रक्रियामा सहजताको साथै सामुदायिक बजारको विकास भएर त्यसलाई व्यवस्थित गर्ने काम भएको भए अझै व्यावसायिक र बैंकहरुले लगानी गर्न सहज हुने थियो । हामी कस्तो किसान हो भनेर स्क्रिनिङ गर्छौँ । हामी पाँच वटा किसानले ऋण लिन खोजे भने उनीहरुको परियोजना हेर्न गाउँ जान्छौँ । यसले पनि लागत बढेको छ । किसानको संख्या बढी छ त्यसैले हाम्रो सञ्चालन खर्च नै बढी छ । उनीहरुको आम्दानी परियोजनालाई बेलाबेलामा अनुगमन गर्नुपर्यो । उखुको भुक्तानी भएन उसले कहीँबाट ल्याउन सक्तैन । त्यस्तै अवस्था दुध र गाईवस्तुको पनि होला । हामीले जसरी गरेका छौँ त्यसमा तलमाथि पर्नु भनेको प्रविधिको कारणले पनि हुन्छ । यसमा हाम्रो एक्सपर्टिज कृषिमा भएकाले कुशलतापूर्वक काम गरेका छौँ । कर्जा विश्लेषण गर्ने पद्धति छ जसअनुसार फिल्डमा गएर नहेरी ऋण दिँदैनौ ।

यदी कुनै किसानले आफुले सोचेजस्तो कृषिबाट प्रतिफल पाउन सकेन र कर्जा तिर्न नसक्ने अवस्थामा पुग्यो भने के हुन्छ ?

यसमा त राज्य पनि छ । हामीले एकपटक केही समय दिने अवस्था रहन्छ । असुली नगर्ने भन्ने नीति छैन । कारबाही हामी गर्छौँ । किसानलाई ऋण दिनु अगाडी नै यी विषयमा स्पष्ट पारिन्छ । कानुनी विधि छ । किसान आफै पनि कृषि विकास बैंकको कानुनमा अभ्यस्त छन । किसान एउटा बालीमा मात्र निर्भर हुँदैन साना—साना अरु व्यवसाय पनि गरेको हुन्छ । खाली २÷४ महिना तलमाथि हो । सामान्यतय ऋण असुली भै नै रहेको छ ।

यो वर्ष बैंकको लागि कस्तो रहला ?

हिजोका दिनमा एक्लै हिँडेको बैंक हो कृषि विकास बैक र आज पनि । अरु अधिकांश बैंक मर्जर–एक्विजिसनले जोडिएर आउनु भएको छ । हाम्रो हिडाइँ आफ्नै गतिमा छ । डिजिटलाइजेसन र प्रविधि सबै ठाउँ पुर्याउँदैछौ । अझै धेरै वटा कार्यालयलाई प्रविधि मैत्री बनाउँदै छौँ । यो चरण सकिएपछि अनि हाम्रो पोर्टफोलियोमा बढी फोकस हुन्थ्यौँ । कृषि विकास बैकको तालिम केन्द्र छ, क्षेत्रिय कार्यालय छ । यो सबै तालिम र क्षेत्रीय कार्यालयले लागत बढाएको छ । तर यसले जनशक्तिलाई तालिम दिने ठाउँ पनि बनेको छ, किसानलाई तालिम दिने ठाउँ पनि बनेको छ । योजना नै यही ढंगबाट छ । आउँदा दिनमा हिजोभन्दा राम्रो हुनेछ ।

पछिल्लो समयको बैंकिङ तथा तरलताको अवस्थालाई कसरी लिनुहुन्छ ?

बैंकहरु मर्जर÷एक्विजिसनमा गएर पुँजी थपियो । यो हुने बित्तिकै बजारबाट आउने पैसा हामीसँग सिमित छ । उत्पादन बढेर आर्थिक क्रियाकलाप देशभित्र भएको भए पैसा सर्कुलेट हुन्थ्यो । एकातिर साइज संकुचनमा छौँ भने अर्कोतर्फ आयातले नै नेपाली पैसा पलायन भएको छ । हाम्रो उत्पादनभन्दा अरु क्षेत्रको आयातमा बढी पैसा गइरहेको छ । तेस्रो सरकारले विकास खर्च गर्न सकेको छैन । यो पैसा खर्च भएको भए बजारमा पुँजी चल्थ्यो । बजार यसैले निर्धारण गथ्र्यो । बैंकहरुले ब्रान्च नेटवर्क ठूलो भएपछि विजनेस धान्न आक्रामक रुपमा लगानी गर्नुभयो । आजको दिनमा प्रक्षेपणमा २० प्रतिशतभित्र हुनुपर्ने हो । शुरुमै २५ प्रतिशतले बृद्धि भयो । त्यही नै सीमाभन्दा बाहिर गए । हामी त्यहीँबाट मिसम्याच भयौँ । सर्वसाधारणको पैसाभन्दा संस्थागत पैसामा हाम्रो जोड भयो । लागत बढी भएको संस्थागत पैसामा आफ्नो खर्च जोड्दा बजार यसैपनि महंगो हुने भयो ।

मुलुकको राजनीतिक वातावरण सुध्रिएपनि बैंकिङ क्षेत्रमा तरलताको अवस्था त उस्तै देखियो नि ?

कुनैपनि कुरामा तुरुन्तै प्रभाव आउने भन्ने होइन, राजनीति सप्रिने बित्तिकै क्रेडिट क्रन्चबाट बैंक मुक्त हुन्छ भन्ने कुरा पनि होइन । वास्तवमा लिक्युडिटी र क्रेडिट क्रन्च भन्ने कुरा एउटै होइन । बजारमा प्रशस्त लिक्युडिटी हुँदाहुँदै पनि क्रेडिट क्रन्च हुन सक्छ । क्रेडिट क्रन्च भन्ने कुरा कति खेर हट्न सक्छ जब लिक्युडिटी काँही न काँही डिपोजिटको रुपमा कन्भर्सन हुन्छ । जबसम्म बैंक र वित्तिय संस्थाहरुमा पैसा डिपोजिटको रुपमा आउँदैन तबसम्म हामीले त्यसको आधारमा हामीले क्रेडिटलाई फ्लो गर्न सक्छौं । अहिले चाँही राष्ट्र बैंकले के भन्छ भने डिपोजिटको रेसियो ८० प्रतिशत हुनुपर्छ अथवा क्रेडिट र डिपोजिटको रेसियो ८० प्रतिशतको हाराहारीमा हुनुपर्छ । त्यसको उदेश्य के हो त भन्दा बैंक अथवा वित्तिय संस्थाले जति बढी डिपोजिट वृद्धि गर्नसक्छ त्यही अनुसार लोन फ्लो गर्नुपर्छ । बजारमा अरु किसिमको तरलता छ, तर बैंकमा डिपोजिट छैन र रेसियो मिलेको छैन भने बैंकले पैसा दिन सक्दैन । अहिले बजारमा तरलताको समस्या समाधान भएको अवस्था हो तथापी अझैपनि बैंकहरुले चाहे जति र चोहेको क्षेत्रमा क्रेडिट फ्लो गर्न सकिराखेको छैन ।

 

मुलुकको अर्थव्यवस्थामा भएको पैसालाई निरन्तर अर्थव्यवस्था भित्रै घुमिरह्यो भने त्यो तरल सम्पत्तिको रुपमा रहन पनि सक्छ । बचत चाँही लामो अवधिको दायित्वका रुपमा बैंकमा आउन सक्छ । त्यसो भयो भने बैंकिङ फ्लो चलिरहन्छ । काँही गएर पैसा थुप्रने बित्तिकै समस्या आइहाल्छ ।

 

बैंकरहरुले त सरकारले खर्च गर्न नसक्दा बैंकले क्रेडिट क्रन्चको समस्या झेल्नु पर्यो भन्ने आरोप लगाएका थिए नि ?

अन्य कारणहरु लगायत सरकारको ढुकुटीमा रहेको पैसा समयमा खर्च हुन नसक्नु पनि कारण हो । मुलुकको अर्थव्यवस्थामा भएको पैसालाई निरन्तर अर्थव्यवस्था भित्रै घुमिरह्यो भने त्यो तरल सम्पत्तिको रुपमा रहन पनि सक्छ । बचत चाँही लामो अवधिको दायित्वका रुपमा बैंकमा आउन सक्छ । त्यसो भयो भने बैंकिङ फ्लो चलिरहन्छ । काँही गएर पैसा थुप्रने बित्तिकै समस्या आइहाल्छ । अवत आर्थिक बर्षको अन्त्यमा झनै सरकारी ढुकुटिमा पैसा जान्छ साथै आर्थिक वर्षको अन्तमा विलहरुको भुक्तानी हुने भएकोले बजारमा अघिल्लो महिना भन्दा बढी पैसा आउन थाल्दछ । जसबाट लिक्विडिटीको समस्या विस्तारै समाधान हुने दिशातिर अगाडी बढदछ । बजारमा लिक्विडिटीको समस्या भए प्नि कृषि विकास बैंककमा भने यो समस्या कहिल्यै परेन । अहिले पनि हामीले थुप्रै संस्थाहअरुलाई अन्तरवैंक सापटी दिएका छौं । जसबाट हाम्रो तरलता व्यवस्था व्यवस्थान राम्रो छ भन्ने बुझिन्छ ।

अहिले सबै कम्पनीहरुले मुनाफै मुनाफा युक्त प्रतिवेदन प्रकाशित गरिरहेका छन् । तर त्यसको प्रभाव बजारमा देखिएको छैन नि ?

हो एकदमै सहि हो, अहिले बैंकिङ कम्पनीले राम्रो फाइनान्सियल प्रतिवेदन प्रकाशित गरिरहेका छन । तर त्यसको प्रभाव कम देखिएको छ । यसमा राजनीतिक बजार ब्यापारिक कुराले पनि प्रभाव पार्दछ । बाहिरी संसारको ठूलो अर्थतन्त्रमा पनि राजनीतिले अत्यन्तै संवेदनशिल ढंगबाट प्रभाव पारेको हुन्छ । तर त्यहाँ फाइनान्सियल रिटर्न हेर्छन, सुचकहरु हेर्छन, बैंक तथा वित्तिय संस्थाहरु सबल छन कि छैनन भनेर र्हेछन ।

नेपालको सन्दर्भमा कतिपय बैंकहरुले सेभिङमा वृद्धि नगरेर अर्को बदमासी गरे भन्ने गुनासो पनि त छ ?

फिक्स डिपोजिटमा सबैले ब्याजदरमा वृद्धि गरेका छन तर सेभिङमा किन वृद्धि हुँदैन भन्दा आज तपाईले राख्नुहुन्छ भोलि लिनुहुन्छ । त्यसैले बैंक आश्वस्त हुन सक्दैन । त्यो पैसा मेरो हो, मैले लगानी गर्न सक्छु भन्ने कुरामा आश्वस्त हुन सक्दैन । तर फिक्स डिपोजिट के हुन्छ भने यतिवर्षसम्म चाँही फिक्स हुन्छ । यो पैसा चाँही निधक्क साथ अरु कसैलाई दिन सक्छु त्यसबाट केही आफ्नो समटेन मार्जिन सहित लगानी गरेपछि उठाउन सक्ने भन्ने हुन्छ । त्यो नर्मल सेभिङमा हुँदैन तथापी नेपालको अहिलेको अवस्थामा सेभिङ रेट भनेको नराम्रो होइन ।

तर ब्याज वृद्धि भयो भनेर खुसी मान्नुपर्ने अवस्था त होइन नि, यसले त अर्कोे लागत पनि वृद्धि गर्छ । त्यसले गर्दा लगानीकर्ताहरुलाई पनि अप्ठयारो पर्छ । त्यसले गर्दा यसको सन्तुलन बनाउनुपर्ने अवस्था छ । तर कृषि विकास बैंकको हकमा सर्वसाधरणले निक्षेपलाई प्रथामिकता दिएर नै साधरण बचतको व्याजदरमा वृद्धि गरेका छौ ।

बैंकले आधुनिक प्रविधिको प्रयोगमा कत्तिको ध्यान दिएको छ ?

कृषि विकास बैंकले अरु बैंक सरह विद्युतिय कारोबारबाट सम्पूर्ण रुपमा शाखाहरुलाई जोडेको छ । हिजो कृषि विकास बैंको भिषा कार्ड थिएन भिषा कार्ड आयो । मोबाइल बैंकिङ थिएन, मोबाइल बैंकिङ आयो । एसमएस बैंकिङ थिएन एसएमएस बैंकिङ आयो । इन्टरनेट बैंकिङ आयो । अब हामी अहिलेका कुनैपनि ए क्लासका कमर्सिएल बैंक, आधुनिक भनिएका बैंकले दिने सेवा र सुविधा कृषि विकास बैंकले सहज ढंगले उपलव्ध गराएको छ । देशको दूरदराजमा रहेका गाउँसम्म कृषि विकास बैंकको कार्य विस्तार गरी आम किसानको सेवामा बैंक अग्रसर छ । गाउँगाउँमा स्थापना भएका कृषि सेवा केन्द्र सम्म आधुनिक प्रविधि सहित हाम्रा सेवा पुगेका छन ।

 

बैंकले आम ग्राहकलाई अपनत्व कायम होस भन्ने उद्देश्यले लिमिटेड कम्पनीमा दर्ता भएर २०६४ मा पहिलो पटक साधारण सेयर आम किसान÷ऋणीका लागि निष्कासन गरेको हो । अहिले उक्त बैंकमा ५१ प्रतिशत सरकारको र ४९ प्रतिशत सेयर सर्वसाधारणको रहेको छ । बैंकले २०६८ बाटै अत्याधुनिक प्रविधि ‘कोर बैंकिङ सिस्टम’ (सीबीएस) सेवा शुरु गरेको छ ।

 

बजारमा विग मर्जरको कुरा चलेको छ । तपाइँहरुको धारणा के छ ?

बैंकको संख्या बढी तर पहूँच र लगानी क्षमता न्युन भएकोले यो अवधराणा आएको हो । यो धारणा आफैंमा नराम्रो छैन । ठूला साना संस्थाहरु आपसमा एक भई झनै मजवुत हुनु आफैंमा राम्रो पनि हो । जहाँसम्म कृषि बैंकको कुरा छ, हामीलाई यो आवश्यक छैन । पुँजी, शाखा सञ्जाल, कार्यक्षेत्र सवै हिसावले हामी अग्रणी छौं । हामीलाई अन्य बैंकसँग मर्जरमा गै रहनु पर्ने अवस्था छैन । यद्यपी सरकारी लगानीमा सञ्चालिन यो बैंकमा सरकराले नै कुनै त्यस्तो बिशेष निर्णय लिएको खण्डमा हामी त्यसको पूर्ण पालना गर्दछौं ।

कृषि बैंकको रुपमा स्थापना भएर अहिले आफ्नो मर्म विपरित बाणिज्य बैंकको काम गरेजस्तो लाग्दैन ?

त्यस्तो होइन । हामीले कार्यक्षेत्र मात्र विस्तार गरेका हौं । हामील हाम्रो पुरानो कामलाई निरन्तरता दिँदै यसको दायरामा मात्र वृद्धि गरेका हौं । अहिले नेपालको सबै बैंकहरुमा हेर्ने हो भने कृषि विकास बैंकले आफ्नो नाम अनुसारको काम गरेको छ । अहिले पनि हाम्रो जम्मा ऋणको पोटफोलियोमा ३२ प्रतिशत कृषिमा मात्रै छ । राष्ट्र बैंक निर्देशन अनुसार उत्पादन क्षेत्रमा चाँही १५ प्रतिशत , त्यसमा पर्यटन, जलविद्युत, कृषिमा गरेर २५ प्रतिशत लगानी गर्नु भनेकोमा यस बैंकले उपरोक्त अनुसार आफनो लगानी पुृ¥याउनुका अतिरिक्त कृषि क्षेत्रमा सो भन्दा बढी लगानी गरि आम कृषकहरुको मन जितेको छ । हामी पनि कर्मसियल बैक भएकोले कृषि क्षेत्रका अतिरिक्त अन्य क्षेत्रमा पनि हाम्रो लगानी विस्तार हुंदै गएको छ । कृषि विकास बैंक पूंजीको हिसावले, नेटवर्कको हिसाबले, बढी शेयर धनिको हिसावले सवै भन्दा ठुलो बैंक पनि हो ।

स्थापना कालदेखि २०६२ सालसम्म विकास बैंकको रूपमा काम गर्दै आएको यो बैंक २०३५÷३६ सालमानै ग्रामीण जनतालाई सेवा दिन ७५ रै जिल््लामा पुगिसेकेको थियो । नेपाल सरकारी बैंकमध्ये सबैभन्दा पहिला कम्प्युटराइज प्रणालीमा सञ्चालित यो बैकले २०४१÷४२ सालवाट मात्र निक्षेप संकलन सुरु गरेको हो । २०६२ साल असार ३१ गते वाणिज्य बैंकमा स्तरोन्नति भएको यस यस बैंकले २०६२ चैत ४ गते ‘क’ वर्गको राष्ट्रिय बैंकको लाइसेन्स पाएको हो । यसअघि विकास बैंकको रुपमा काम गर्दै आएको थियो । अहिले बैंक सबैभन्दा नेटवर्थ राम्रो भएको बैंकको सूचीमा सूचीकृत छ ।

बैंकले आम ग्राहकलाई अपनत्व कायम होस भन्ने उद्देश्यले लिमिटेड कम्पनीमा दर्ता भएर २०६४ मा पहिलो पटक साधारण सेयर आम किसान÷ऋणीका लागि निष्कासन गरेको हो । अहिले उक्त बैंकमा ५१ प्रतिशत सरकारको र ४९ प्रतिशत सेयर सर्वसाधारणको रहेको छ । बैंकले २०६८ बाटै अत्याधुनिक प्रविधि ‘कोर बैंकिङ सिस्टम’ (सीबीएस) सेवा शुरु गरेको छ । उक्त सेवा यसै आव भित्र दुई सय ७३ वटै अर्थता सम्पूण शाखाकार्यालयमा पुर्‍याउने बैंकको योजना रहेको छ ।

Share this news: