सुनाखरी न्युज
२०७६ श्रावण ३ , शुक्रवार

ग्लोबल आइएमई बैंकले मनायो १६औँ राष्ट्रिय धान दिवस

कृषि

Capture

ग्लोबल आइएमई बैंकले मनायो १६औँ राष्ट्रिय धान दिवस

सुनाखरी न्युज/ काठमाडौ – ग्लोबल आइएमई बैंक लिमिटेडले १६औँ राष्ट्रिय धान दिवस मनाएको छ । बैंकले राजधानीको टोखा नगरपालिका वडा नं १ स्थित झोर महांकालमा रोपाइ गरी धान दिवस मनाएको हो । कृषिप्रधान देशमा धान दिवस मनाउने परम्परालाई जगेर्ना गर्न धान दिवसलाई उत्सवका रूपमा मनाइएको बैंकको भनाइ छ । रोपाइमा बैंकका कर्मचारी तथा स्थानीयको बाक्लो उपस्थिती रहेको थियो ।

 

कार्यक्रममा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले धान रोपाइ र यसको महत्व बारे प्रकाश पार्नुभएको थियो । यसैगरी बैंकका नायब महाप्रबन्धक आरती राणाले कृषि प्रधान देशमा धान दिवस मनाउने परम्परालाई बैंकले उत्सवका रूपमा मनाउने गरेको बताउनुभयो । यस्तै वडाध्यक्ष श्रीकृष्ण अधिकारी र वडा सचिव नवराज दुलालले बैंकले कृषि लगायत अन्य उत्पादन मुलक क्षेत्रमा दुर दराजसम्म गरेको सहयोग र लगानीको प्रसंशा गर्नुभयो ।

 

धान दिवसकै अवसरमा धापासीस्थित शाखा कार्यालयबाट झोरसम्म साइकलयात्राको आयोजना गरिएको थियो । साइकलयात्रामा करिब ५ दर्जन व्यक्तिहरुको सहभागिता रहेको थियो । यस्तै दिवसकै अवसरमा झोरमै रहेको शाखारहित बैंकिङ सेवाका सञ्चालक राम शरण दुलाललाई सम्मान समेत गरिएको थियो ।

Share this news: