सुनाखरी न्युज
२०७६ श्रावण ३ , शुक्रवार

एनआरएनए न्युजिल्याण्डको सचिबमा कृष्णहरि सापकोटको उम्बेदवारी

प्रवास

NRNA logo – Copy

एनआरएनए न्युजिल्याण्डको सचिबमा कृष्णहरि सापकोटको उम्बेदवारी

सुनाखरी न्युज/ काठमाडौं –  गैर आबसिय नेपालीहरु रहेका देशहरुमा एन आर एनहरुको चुनाबी माहोल बनि रहेको छ। कुनै देशहरुमा चुनाब सकिएर नया कार्यसमिति बनी सकेका छन भने कति देशहरुमा चुनाब हुने क्रम जारी छ। न्युजिल्याण्डमा यो भन्दा अघिका बर्षहरुमा निर्बिरोध कार्यसमिति बन्दै आएको थियो भने २०१७ – २०१९ को लागि भने चुनाब भएको थियो। गत बर्ष मतदाताहरु कम भएकाले खासै चासो दिइएको थिएन। १०/१२ हजारको संख्यामा नेपालीहरुको उपस्थिति रहेको अनुमान गरिए पनि यस बर्ष मतदाताको संख्या १६०० को हराहारीमा छ। दुइ प्यानलमा बिभाजित भई उम्बेदवारी दर्ता गरिएका छन। एउटा टिमको नेतृत्व घनश्याम सापकोटाले गर्नु भएको छ भने अर्को टिमको नेतृत्व लाल केसी ले गर्नु भएको छ।

 

उहाँको बैदेशिक यात्रा यतिमा मात्र सीमित रहेन। सन् २००१ मा दुबईबाट न्युजिल्याण्ड आउनु भयो र आफ्नो काम गर्दै जानुभो साथ साथै वेस्टर्न् कुलिनरि आर्ट् मा अध्ययन् गरि क्राईस्चर्च् सिटि काउनसीलमा ४ बर्ष काम पनि गर्नुभयो । सन् २००४ मा उहाले आफ्नै विजनेस खोल्न सफल् हुनुभयो र हाल् सम्म पनि आफ्नै बिजिनेसहरुमा आबद्ध् हुनुहुन्छ। उहा एक् सफल् ब्यबसाही हो। न्युजिल्याण्डको साउथ् आइल्यान्ड्मा हुने सम्पुर्ण भि आई पि ईभेन्टहरुमा उहाँको पहुचछ। आफ्नो क्षेत्रमा दक्षता हासिल् गर्दै र साथ साथ मा सामजिक कामहरुमा पनि सहयोगि हात बढाउदै जाने कृष्णले नेपालमा पर्न जाने कुनैपनि प्रकृतिक् प्रकोप् देखि किन नहोस् उहाले नेपालका स्कूलहरुमा ई लइब्रेरि को अबधरणमा खुलेरै सहयोग् गर्नु भएको थियो।

 

न्युजिल्याण्डमा रहने जो कोही लाई पनि अफ्ठेरो परिस्थितिमा सहयोग् गर्ने उहाँको बानि छ। सधै कुनै न कुनै संस्थामा रहेर सहयोग गर्ने कृष्ण २०१७ – २०१९ को एन आर एन ए को सद्स्य हुनुन्थ्यो । अहिले पनि उहा को सहयोगी ब्यक्तित्त्वको कदर गर्दै आगामी जुलाई २० मा हुने एन आर एन ए न्युजिल्याण्डको २०१९ – २०२१ को कार्य समितीमा रहन नेपाली समुदायहरुले आग्रह गरेको हुँदा उहाले सचिव पदमा उमेद्वारी दिनुभएको छ ।

Share this news: