सुनाखरी न्युज
२०७६ श्रावण ३ , शुक्रवार

भारतको दबावपछि स्थगित गरियो तरकारीमा विषादी परीक्षण, पूर्वाधार निमार्णपछि मात्रै परीक्षण गरिने

कृषि

Tarkari

भारतको दबावपछि स्थगित गरियो तरकारीमा विषादी परीक्षण, पूर्वाधार निमार्णपछि मात्रै परीक्षण गरिने

सुनाखरी न्युज/
काठमाडौं– सरकारले भारतबाट भारतको दबावपछि आयात हुने तरकारी र फलफुलको विषादी परीक्षण नगर्ने भएको छ। बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले आधुनिक प्रयोगशाला नभएको बहाना बनाउँदै विषादी परीक्षण नगर्ने भएको हो।

सीमा नाकामा विषादी परीक्षण र क्वारेन्टाईनका लागि आवश्यक पूर्वाधार निमार्णपछि मात्रै परीक्षण गरिने स्रोतले बताएको छ।

दुई साताअघि उद्योग तथा वाणिज्य मन्त्रालयको प्रस्ताव गरेपछि मन्त्रिपरिषद्‌बाट विषादी परीक्षण गर्ने स्वीकृत भएको थियो। तर दुई सातामा सरकार विषादी परीक्षणबाट पछि हटेको हो।

 

Share this news: