सुनाखरी न्युज
२०७६ श्रावण ३ , शुक्रवार

भारतको बजेटले बढायो सुनमा कर, इलेक्ट्रिक गाडीमा सहुलियत

सुन–चाँदी

India Budjet

भारतको बजेटले बढायो सुनमा कर, इलेक्ट्रिक गाडीमा सहुलियत

सुनाखरी न्युज/
काठमाडौं-

 

भारतीय वित्तमन्त्री निर्मला सीतारमणले आगामी आर्थिक वर्षको बजेट शुक्रबार सार्वजनिक गरेकीछन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालको पहिलो बजेटले पेट्रोलियम पदार्थमा अतिरिक्त शुल्क थपेको छ।

बजेटमा नै पेट्रोल र डिजलको मूल्यमा १–१ रुपैयाँ बढाउने घोषणा गरिएको छ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि तथा अन्य सामान्य बस्तुको भन्सार दरमा गरेको परिवर्तनले मध्यम वर्गलाई सहयोग नहुने भन्दै कतिपयले यो बजेटको आलोचना समेत गरेका छन्।

भारत सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाउँदा सामानको ढुवानीमा त्यसको ठाडो असर पर्ने आलोचकहरुको तर्क छ।

 

भारतमा सुनको मूल्य घट्दा नेपालको बाटो हुँदै सुनको तस्करी बढ्ने संभावना हुन्छ। बजेटले इलेक्ट्रिक गाडीमा भने सहुलियत दिएको छ। इलेक्ट्रिक गाडीमा लिँदै आएको १२ प्रतिशतको ‘जिएसटी’ अब ५ प्रतिशतमा झरेको छ।

यस्तै विद्युतीय गाडी किन्दा कर्जाको व्याजमा अतिरिक्त १।५ लाख रुपैयाँ छुट दिने ब्यवस्था बजेटले गरेको छ।

Share this news: