सुनाखरी न्युज
२०७६ श्रावण ३ , शुक्रवार

जिल्लाव्यापी क्याम्पस स्तरीय कविता प्रतियोगिता सम्पन्न

शिक्षा

Capture

जिल्लाव्यापी क्याम्पस स्तरीय कविता प्रतियोगिता सम्पन्न

धादिङ /रमेश भट्टराई – हिजो असार २१ गते शनिबारका दिन धादिङको गजुरीमा रहेको आदर्श बहुमुखी क्याम्पस अन्तर्गत नेपाली भाषा शिक्षा विभाग तथा अतिरिक्त क्रियाकलाप समितिले गजुरी गाउँपालिकाको आर्थिक सहयोगमा २०६ औँ भानुजयन्तीका पूर्व सन्ध्यामा “जिल्लाव्यापी क्याम्पसस्तरीय खुला कविता प्रतियोगिता” को आयोजना ग¥यो । सोही क्याम्पसका उपाध्यक्ष पुरुषोत्तमदास श्रेष्ठको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा नायव महानिर्देशक तथा वरिष्ठ साहित्यकार दामोदर पुडासैनी ‘किशोर’ ले प्रमुख अतिथि तथा गाउँपालिकाका अध्यक्ष राजेन्द्रविक्रम बस्नेत, उपाध्यक्ष सीता ढुङ्गाना लगायतको विशेष अतिथिलाई क्याम्पस प्रमुखरुद्रप्रसाद दनैले स्वागत गर्नुभएको थियो ।

 

उक्त कार्यक्रममा विजय तामाङ ९नीलकण्ठ बहुमुखी क्याम्पस० ले प्रथम, साम्भवी थापा आदर्श बहुमुखी क्याम्पस ले द्वितीय, शोभा गिरी सल्यानटार क्याम्पस ले तृतीय र सत्यवती पाण्डे आदर्श बहुमुखी क्याम्पस ले चौथो स्थान प्राप्त गर्न सफल भएका छन् । कार्यक्रममा विजेतालाई क्रमशः नगद रु। दश हजार, सात हजार, पाँच हजार र दुई हजारसहित प्रमाण–पत्रप्रदान गरिएको थियो । उक्त कार्यक्रममायुवा साहित्यकारद्वय यात्री प्रकाश पाण्डे र हेम प्रवास लगायतका व्यक्तित्वहरूका साथमा थुप्रै अप्रतियोगी कविताहरू वाचन गरिएको थियो ।

Share this news: