सुनाखरी न्युज
२०७६ श्रावण ३ , शुक्रवार

कपालको हेरचाह लागि श्याम्पूसँगै लगाउनुस् यी कुराहरु

स्वास्थ्य

hair shampoo

कपालको हेरचाह लागि श्याम्पूसँगै लगाउनुस् यी कुराहरु

 

संगिता लामा /काठमाडौं –महिलाहरुका लागि केश सौन्दर्यको प्रमुख आकर्षण हो । त्यसैले जाडो मौसम होस् अथवा गर्मी, कपाललाई सधैं आकर्षक बनाइरहनु आफैंमा एउटा चुनौती झैं हुन्छ । जति नै चुनौती भए पनि महिलाहरु आफ्नो कपाल सुन्दर बनाउनका लागि जे जस्तो तपस्या गर्न समेत पछि पर्दैनन् । कपालको सफाइ र सुन्दरतालाई ध्यानमा राख्दै तपाईंले अनेकौं श्याम्पू र कन्डिसनर प्रयोग गरिसक्नुभएको होला । तर सामान्य श्याम्पूमा केही चीज मिसाउँदा नै कपाल केही दिनमै सुन्दर, नरम र चम्किलो भइदिन्छ । कपाल लामो भए पनि, छोटो भए पनि त्यो नरम, मुलायम र चम्किलो हुनै पर्छ भन्ने मान्यता रहँदै आएको छ । आउनुहोस्, केही उपाय अपनाएर कपाललाई आकर्षक बनाउने प्रयास गरौं ।

हप्तामा एकपटक कपलामा राम्ररी तेल लगाउनु पर्छ । तेल लगाएर करिव आधा घण्टासम्म त्यत्तिकै छाड्नु पर्छ । आधा घण्टापछि तेल लगाएको कपालमा दुई वटा अण्टा फिटेर औंताको सहयोगले कपालको जरादेखि टुप्पो सम्म लगाउनु पर्छ । अण्डा लगाएको करिव दश मिनेटपछि गुणस्तरीय स्याम्पोले कपाल सफा गर्नु पर्छ । स्याम्पो हर्बलयुक्त भयो भने सुनमा सुगन्ध थपिन्छ ।धेरै मानिसलाई कपालमा चायाँको समस्या हुन्छ । यसबाट छुटकारा पाउन श्याम्पूमा दुई ठूला चम्चा कागतीको रस मिसाएर टाउको दल्नुस् । श्याम्पूलाई कपालमा तीनदेखि चार मिनेट छोड्नुस् । यसो गर्दा टाउको चिलाउने, चायाँ हुने र दाद आउने समस्या पनि हट्छ ।

कपाल झर्ने समस्या भएका महिलाले श्याम्पूमा दुई चम्चा अमलाको रस मिसाएर कपाल नुहाउनुपर्छ । यसले कपाल बलियो हुन्छ अनि लम्बाइ पनि बढ्छ । पातलो वा कमजोर कपाल हुने महिलाले यो उपाय अवश्य अपनाउनुहोला ।

श्याम्पू गरेपछि कपाल टल्काउनका लागि घिउकुमारीको जृल उपयोग गर्नुस् । यसले कपाल चम्किलो बनाउनुका साथै नरम पनि बनाउँछ र चायाँ पनि हटाउँछ ।

एजेन्सी

Share this news: