सुनाखरी न्युज
२०७६ श्रावण ३ , शुक्रवार

महिन्द्रा–मनसुन सर्भिस क्याम्प सफलतापूर्वक सम्पन्न

अटो

Capture

महिन्द्रा–मनसुन सर्भिस क्याम्प सफलतापूर्वक सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं – नेपालको लागि महिन्द्रा गाडीहरुको एक मात्र आधिकारिक वितरक अग्नि ग्रुपअन्तर्गतको वालाजू अटो वक्र्स प्रा लि ले हालै “३ दिने महिन्द्रा मनसुन सर्भिस क्याम्प” सम्पन्न गरेको छ । योमनसुन क्याम्प देशभर भएका महिन्द्राका आधिकारिक वर्कसपहरुमा यही असार महिनाको १८ गतेबाट प्रारम्भ भई ३ दिन सञ्चालन गरिएको थियो ।

 

यस मनसुन क्याम्पमा महिन्द्राका सम्पूर्ण चार पांग्रे गाडीहरुको ३० पोइन्ट चेकअपको सुविधा पनि उपलब्ध थियो जसले गाडी उपभोक्ताहरुलाई पूर्ण रुपमा सुनिश्चिता प्रदान गरेको छ । क्याम्पमा सम्पूर्ण गाडीहरुको जांच विशेषज्ञद्वारा गराइएको थियो ।यस अवसरमा निःशुल्क स्वास्थ्य परीक्षणको तथा लुव्रिकेन्ट, स्पेयर पार्ट तथा लेवर चार्जमा १० प्रतिशत छुटको व्यवस्था, आदि सर्भिस क्याम्पका प्रमुख आकर्षणहरु रहेका थिए । Quanto, Xylo, तथा Logan जस्ता गाडीहरुमा विशेष डिस्काउन्ट अफर पनि यस अवधिभर प्रदान गरिएको थियो ।

 

आयोजकहरूले मानसूनको मौसम लक्षित गरि आयोजना गरेको यस कार्यक्रमको ग्राहकहरुबाट सकारात्मक प्रतिक्रिया पाएका थिए । कम्पनीले निरन्तर अन्तर्राष्ट्रिय ब्राण्ड एक्स्पेरियन्सको साथ उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।यस मनसुन क्याम्पमा ग्राहकवर्गको उल्लेख्य सहभागिता रहेको थियो । साथै यो क्याम्पले ग्राहक तथा कम्पनी बीचको सम्बन्धलाई अझ बढी बलियो र फलदायी बनाएकोछ । महिन्द्रा–मनसुन सर्भिस क्याम्प सफलतापूर्वक सम्पन्न भएको जानकारी कम्पनीले दिएको छ।

Share this news: