सुनाखरी न्युज
२०७६ श्रावण ३ , शुक्रवार

थाइल्यान्डमा समुद्री जीव खाएपछि कोरियाली अभिनेत्रीलाई पाँच वर्षको कारावास

मनोरञ्जन

korean

थाइल्यान्डमा समुद्री जीव खाएपछि कोरियाली अभिनेत्रीलाई पाँच वर्षको कारावास

 

सुनाखरी न्युज /

काठमाडौं – दक्षिण कोरियाकी अभिनेत्री ली यीओल–इयुमले थाइल्यान्डमा समुद्री जीव क्ल्याम खाएपछि २० हजार भाट जरिवाना तिर्नुपर्छ र पाँच वर्षको कारावास सजाय पनि भोग्नुपर्छ । क्ल्याम थाई कानूनअनुसार दुर्लभ प्राणीको रुपमा संरक्षण गरिएको छ ।उनले क्ल्याम समातेर खाएको र रमाएको देखिएको थियो ।
लीविरुद्ध दुईवटा कानून उल्लंघनको मुद्दा लगाइएको बताएका छन् । उक्त राष्ट्रिय निकुञ्जमा नै रियालिटी शो छायांकन गरिएको थियो । दक्षिण कोरियाली शोले माफी मागेको छ अनि आफूहरूलाई थाइल्यान्डको वन्यजन्तु नियमावलीका बारेमा थाहा नभएको बताएको छ ।

दक्षिण कोरियाको लोकप्रिय रियालिटी शो ल अफ द जंगलको एक एपिसोडका लागि यी २३ वर्षीया अभिनेत्रीले संकटापन्न प्रजातिको शिकार गरेकी थिइन् । ।

एजेन्सी

Share this news: