सुनाखरी न्युज
२०७६ श्रावण ३ , शुक्रवार

लुकाई छिपाई ल्याएको सुन सहित विमानस्थल बाट ३ जना पक्राउ

सुन–चाँदी

Gold-Arrest

लुकाई छिपाई ल्याएको सुन सहित विमानस्थल बाट ३ जना पक्राउ

सुनाखरी न्युज/ काठमाडौं – महानगरीय प्रहरी परिसर काठमाडौं र अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलिले हिमालयन एयर लाइन्सको उडानद्वारा दोहा बाट काठमाडौं आएका मोरङ कानिपोखरी घर भएका लिला बहादुर बस्नेत लाई लुकाई छिपाई ल्याएको ४ सय ग्राम सुन सहित प्रहरीले पक्राउ गरेको छ ।

 

विमानस्थलको आगमन कक्षमा बस्नेतले वोकी ल्याएको झोला खानतलासी गर्दा २२ थान वच्चाको ड्राइपरको वटन भित्र मेशिनले प्याक गरी ससाना रिङ वनाई लुकाई छिपाई ल्याएको १ सय ७५ पिस सुनका रिङ्ग र ५० ग्राम सुनको वाला गरी उक्त परिमाणको सुन फेला पारेको हो ।साथै उक्त सामान लिन आएका गोरखा पालुङ्गटार घर भएका २७ वर्षीय रुपेश गिरी र २६ वर्षीय टेक बहादुर थापालाई समेत प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Share this news: