सुनाखरी न्युज
२०७६ श्रावण ३ , शुक्रवार

मर्जरको नीतिमा राष्ट्र बैंकलाई सहयोग गर्न गभर्नर डा. नेपालद्धारा वैंकरहरुसँग आग्रह, उनले भने–नियामकले असीमित समय दिँदैन

सुनाखरी विशेष

Governor Dr Charinjivi Nepal

मर्जरको नीतिमा राष्ट्र बैंकलाई सहयोग गर्न गभर्नर डा. नेपालद्धारा वैंकरहरुसँग आग्रह, उनले भने–नियामकले असीमित समय दिँदैन

सुनाखरी न्युज/
काठमाडौं-
मर्जरको नीतिमा राष्ट्र बैंकलाई सहयोग गर्न नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले बैंकरहरुसँग आग्रह गरेका छन् । उनले नियामकले असीमित समय नदिने उल्लेख गर्दै भने ‘नियामकले नीति कार्यान्वयन गर्न असीमित समय दिँदैन ।’

राष्ट्र बैंकले आगामी मौद्रिक नीतिका लागि सोमबार सरोकारवालासँग सुझाब संकलन गर्ने कार्यक्रममा मर्जरको नीतिलाई सहयोग गर्न आग्रह गरेका हुन्। गभर्नर डा. नेपालले १० बर्षअघि ५० करोडको पूँजी २ अर्ब पुर्याउन असीमित समय दिँदा पालना नभएको उदाहरणसमेत दिए।  चुक्ता पूँजी २ अर्बबाट ८ अर्ब पुर्याएका गभर्नरले दोस्रो चरणमा मर्जर गर्ने नीति लिएका बेला समय लगाएर मर्जर गर्नु पर्ने सुझाबमा भने, असीमित समय कसैलाई हुँदैन। हामीलाई सहयोग गर्नुस्।

 

‘हिजो तपाईँहरुले नै मर्जर चाहिन्छ भन्नु भयो। मर्जरका लागि सरकारलाई लेखेर सुझाब पनि दिनु भयोु उनले भने, ‘अहिले मर्जर नीति ल्याउन लाग्दा भने अस्वभाविक बिरोधजस्तो देखिइरहेको छु। बाहिरका अनेक फोकट्या उदाहरण दिएर मर्जरको बिरोध गर्न खोजेजस्तो लागेको छ।’

गभर्नरले सुचना प्रविधिमा ठूलो लगानीको आवश्यकता औंल्याउँदै संस्था बलियो हुँदा लगानी बढाउन सक्ने बताए।

Share this news: