सुनाखरी न्युज
२०७६ श्रावण ३ , शुक्रवार

सिप्रदीको ५१औँ सर्भिस सेन्टर ग्वार्कोमा

अटो

1

सिप्रदीको ५१औँ सर्भिस सेन्टर ग्वार्कोमा

 

सुनाखरी न्युज/
काठमाण्डौं-
नेपालकालागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले ग्वार्कोमा आफ्नो ५१औँ सर्भिस सेन्टरको समुद्घाटन गरेको छ । जयदेव ट्रेडिङ प्रा. लि सिप्रदीको ११औँ आधिकारिक सर्भिस सेन्टर हो। सिप्रदी कम्पनीजका चिफ अफरेटिङ अफिसर (सिओओ ) राजेशप्रसाद गिरी तथा जयदेव प्रा. लि. का संचालक जयप्रकाश चौधरीको उपस्थितिमा सिप्रदी कम्पनीजका निर्देशक शम्भुप्रसाद दाहालले उक्त सर्भिस सेन्टरको समुद्घाटन गर्नुभयो।

 

उक्तअवसरमा बोल्दै दाहालले भन्नुभयो “सन् १९८२ मा स्थापनाभएदेखि नै सिप्रदीले उत्कृष्ट सर्भिस सेन्टरहरूमार्फत् आफ्नाग्राहकहरूलाई सेवाप्रदान गर्नमा प्रतिबद्ध रहदैँ आएको छ। हाम्रोसर्भिस टिमले २४सैँ घण्टा सेवाप्रदान गर्छ, र हामीलाई विश्वास छ कि यसले टाटा मोर्टसका उत्पादनहरू खरिद गर्ने ग्राहकहरूलाई आत्मविश्वास दिन्छ।”
त्यसैगरी सिप्रदी कम्पनीजका चिफ अफरेटिङ अफिसर(सिओओ) गिरीले सर्भिस सेन्टरबाट प्रदान गरिने सेवालाई ग्राहकको अधिकार भएकोबारे जोड दिँदै भन्नुभयो“कुनै ग्राहकले टाटाका उत्पादनहरू किन्छ भने उसले सेवाहरू प्राप्त गर्ने अधिकार पनि सँगै प्राप्तगर्दछ र ती सेवाहरू प्रदान गर्ने कम्पनीको दायित्वहो, र सिप्रदीमाहामी यो सुनिश्चितगर्दछौँ किहाम्राग्राहकहरुले सो अधिकार प्राप्त गर्नु हुन्छ।हाम्रासेवाहरू र ५१औँ सर्भिस सेन्टरले हाम्रो यो प्रतिबद्घतादेखाउछ।”
जयदेव ट्रेडिङ प्रा. लिले.पिकअप गाडीहरू, सानाकमर्सियल भेइकलहरू र प्यानलभ्यानहरूलाई विशेष सेवाहरू प्रदान गर्नेछ।

सिप्रदीकाबारेमा
देशकै ठूलो र सबैभन्दा प्रतिष्ठितमध्येको एक ब्राण्ड सिप्रदीमुख्यतः अटोमोटिभ तथा एलाइड व्यवसायमा संलग्न रहेको छ। ३७बर्षभन्दालामो समयदेखि यो व्यवसायमा संलग्नसिप्रदीको बार्षिक आय ३५० मिलियन अमेरिकी डलरभन्दा बढी रहेको छ र अटोमेटिभ, इनर्जी, लुब्रीकेन्ट, वित्तीय सेवाहरु तथाइक्यूपमेन्ट व्यवसायको क्षेत्रमा द्रुत गतिमाव्यवसायबिस्तार गरिरहेको छ ।

करिब ७५० भन्दाकर्मचारीहरू तथा ६५० सपोर्ट स्टाफहरू ब्राण्ड भ्यालुको समग्र विकाससँगै एउटै साझा उद्देश्य अर्थात गुणस्तरीय सेवाहरू र उत्पादनहरू प्रदान गर्नमा कार्यरत छन् । सिप्रदी टेड्रिङ्ग प्रा. लि. सन् १९८२ देखि नेपालकालागि टाटा मोटर्सको एकमात्रआधिकारिक वितरक कम्पनीहो र आईइसओ ९००१–२०१५ प्रमाणित कम्पनीपनिहो । टाटा मोर्टसका सम्पूर्ण रेन्जकाप्यासेन्जर र कमर्सियल गाडीरुको बिक्रीवितरणमा सिप्रदी आबद्ध छ। सिप्रदीको नेपालभर सबैभन्दा ठूलो बिक्रीतथा सेवावितरण संजाल रहेको छ।

 

Share this news: