सुनाखरी न्युज
२०७६ श्रावण ३ , शुक्रवार

सवारी साधनमा टिआर लोन बन्द गर्ने नीति कार्यान्वयन नगर्न अटोमोबाइल्स एशोसिएसनको आग्रह, ब्यपार घाटा रोक्ने कोशिष भएको सरकारी दावी

अटो

Shambhu Dahal

सवारी साधनमा टिआर लोन बन्द गर्ने नीति कार्यान्वयन नगर्न अटोमोबाइल्स एशोसिएसनको आग्रह, ब्यपार घाटा रोक्ने कोशिष भएको सरकारी दावी

सुनाखरी न्युज/
काठमाडौं-
मौद्रिक नीतिमा सवारी साधनमा ट्रष्ट रिसिप्ट लोन (टिआर)  बन्द नगर्न दबाब दिने उदेश्यले सवारी साधन बिक्रेताले अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटेका छन्।

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका पदाधिकारीले आइतबार अर्थमन्त्री खतिवडालाई भेटेका हुन्। अघिल्लो साता उद्योगमन्त्री मातृका यादबलाई भेटेका हुन्।

नाडाका अध्यक्ष शम्भुप्रसाद दाहालले ट्रस्ट रिसिप्ट लोन बन्द गर्दा अहिले चलिरहेका सवारी साधनमै पनि समस्या आउन सक्ने बताए । अहिले २२ लाख सवारी साधन गुडिरहेका छन्, पाटपुर्जा आयातमा दिइने ऋण बन्द गर्दा भोलि तिनीहरुको मर्मतमा पनि समस्या पर्न सक्छ,’ नाडाका अध्यक्ष दाहालले भने,’हामीले त्यो व्यवस्था कार्यान्वयन नहुने व्यवस्था मिलाउन अर्थमन्त्रीलाई आग्रह गरेका हौँ।’ सवारी साधनको आयात रोक्दा राजस्व संकलनमा पनि असर पर्ने भन्दै व्यवसायीले त्यसतर्फ ध्यान दिन पनि अर्थमन्त्रीलाई आग्रह गरेका हुन्।

यस्तो ऋण बन्द गर्दा आयातकर्ता आफैँले सम्पूर्ण लागत भूक्तानी गरेर सवारी साधन भित्र्याउनु पर्छ। त्यसो हुँदा सवारी आयात नै नहुने अवस्था आउन सक्ने उनीहरुको भनाइ छ। ‘मौद्रिक नीति आउँदैछ, हामीले त्यसअघि नै यो विषय सम्बोधन होस् भनेर अर्थमन्त्रीलाई आग्रह गरेका हौँ,’ दाहालले भने, तत्कालका लागि हालकै व्यवस्था कार्यान्वयन हुनुपर्छ भन्ने पनि हाम्रो माग हो।’

यसैगरी व्यवसायीले सवारी साधन कर्जाको मूल्यांकन अनुपात पनि घटाउन माग गरेका छन्।

जवाफमा अर्थमन्त्री खतिवडाले व्यापार घाटाले मुलुक को अर्थतन्त्रमा नै नकारात्मक असर गरेकाले त्यसलाई नियन्त्रण गर्न उपाय खोजिएको भन्दै व्यवसायीको मागलाई पनि सम्बोधन गर्ने कोशिस गर्ने बचन दिए ।

Share this news: