सुनाखरी न्युज
२०७६ श्रावण ३ , शुक्रवार

नक्कली सुन देखाई ठगी गर्ने व्यक्तिहरु पक्राउ

सुन–चाँदी

Capture

नक्कली सुन देखाई ठगी गर्ने व्यक्तिहरु पक्राउ

सुनाखरी न्युज/ काठमाडौं – नक्कली सुन देखाई ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ५ जनालाई SUISSE 1 KILO FINEGOLD 999.9 C253774 लेखिएको विस्कुट आकारको नक्कली सुन १ थान सहित अपराध महाशाखाबाट खटिएको विशेष प्रहरी टोलिले पक्राउ गरेको हो ।

 

पक्राउ पर्नेहरुमा ललितपुर नख्खु बस्ने चितवन भरतपुर महानगरपालिका ८ की ३९ वर्षीया टिनु घिमिरे पन्त, काठमाडौं महानगरपालिका३० ठेगाना भएकी ३४ वर्षीया सस्मिता आचार्य, काठमाडौं बौद्ध बस्ने सिन्धुपाल्चोक बालचोक गाउँपालिकाका१ घर भएका २२ वर्षीय उमेश सुनार, भक्तपुर कौशलटार बस्ने सुनसरी ईनरुवा नगरपालिका ७ घर भएका ३४ वर्षीय जिबन धामि चौधरी र काठमाडौं गोगंबु बस्ने गोरखा चमनुब्री गाउँपालिका ६ घर भएकी ६५ वर्षीया जाम्मु लामा रहेका छन् ।

 

केही व्यक्तिहरु अबैध सुनको कारोवार गर्दैछन् भन्ने विशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा काठमाडौं महानगरपालिका १६ बौद्ध पिपलबोटस्थित एमएस ज्वयलर्समा राखिरहेको अवस्थामा उक्त नक्कली सुन फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Share this news: