सुनाखरी न्युज
२०७६ श्रावण ३ , शुक्रवार

एसीसी यू-१९ इस्टर्न रिजनको उपाधि नेपाललाई

खेलकुद

nepal-win

एसीसी यू-१९ इस्टर्न रिजनको उपाधि नेपाललाई

रमिला अधिकारी/ काठमाडौं – एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि नेपालले जितेको छ । मलेसियाको किनरारा ओभल मैदानमा भएको खेलमा हङकङलाई ६ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो पटक उपाधि जितेको हो । उपाधि जितेसँगै नेपाल श्रीलंकामा आयोजना हुने एसिया कप यू १९ क्रिकेटका लागि छनोट भएको छ । हङकङले प्रस्तुत गरेको ९६ रनको लक्ष्य नेपालले १७ औं ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो ।

 

नेपालका लागि ओपनर रित गौतम र पवन सर्राफले पहिलो विकेटका लागि ६.३ ओभरमा ५२ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए । रित १३ रन जोड्दै मोहमद हसन खानको बलमा बोल्ड भए । अर्का ओपनर पवन सर्राफ १२ औं ओभरको दोस्रो बलमा मोहमद हसनको एलबीडब्लु धरापमा परे । उनले ३६ बलको सामना गर्दै ३९ रन जोड्दा ५ चौका र १ छक्का प्रहार गरे । लगत्तै अर्को ओभरमा खडक बोहोरा ८ रन जोड्दै क्याच आउट भए ।

 

कप्तान रोहितकुमार पौडेलले १२ रन जोड्दा भीम सार्की ८ रनमा नटआउट रहे । हङकङका लागि रौनक कपुरले २ तथा मोहमद हसन र मोहमद हसन खान १-१ विकेट हात पारे । त्यस अघि टस हारेर पहिला ब्याटिङ गरेको हङकङले ४३.१ ओभरमा ९५ रन बनाउँदा सबै विकेट गुमाएको थियो । पहिलो पटक टस गर्दा क्वाइन भुँईमा सिधै गाडिएपछि दोस्रो पटक टस गर्नु परेको थियो ।

Share this news: