सुनाखरी न्युज
२०७६ श्रावण ३ , शुक्रवार

भारतीय जिन्डल ग्रुपले नेपालमा रहेको इन्दिरा एक्सपोर्ट र इम्पोर्ट प्रा ली सँग सहकार्य

कर्पोरेट

sunakhari-logo-square

भारतीय जिन्डल ग्रुपले नेपालमा रहेको इन्दिरा एक्सपोर्ट र इम्पोर्ट प्रा ली सँग सहकार्य

सुनाखरी न्युज/ काठमाडौं – भारतीय जिन्डल ग्रुपले नेपालमा रहेको इन्दिरा एक्सपोर्ट र इम्पोर्ट प्रा ली सँग सहकार्य गरेर जिन्दल ब्रान्डको मेट्रेस फम ,कुसन भित्राएको छ । गत शनिबार पहिलो पटक नेपालमा उद्घाटन कार्यक्रम राखेको यस कम्पनीले आफ्ना नेपालमा रहेका डिलरहरुलाई बोलाएको थियो ।

 

उक्त कार्यक्रममा जिन्दल ग्रुपका प्रबन्धनिर्देशक रिशव जिन्डले सन् १९९४ देखि भारत लगायत अन्य अन्तराष्ट्रिय बजारमा जिन्दल मेट्रेसले राम्रो स्थान पाईराखेको बताएका छन् । साथै भारतमा रहेको होण्डा मोटर कम्पनीले पनि सिटको लागि जिन्दल कै फम प्रयोग गरेको बताए ।इन्दिरा एक्सपोर्टका सन्चालक शैलेस सिंहले पनि नेपालमा मेट्रेसको प्रयोग निकै हुँदै गइरहेको बेला ISO प्रमाणीत जिन्डलको मेट्रेस। फम। कुसन नेपाली बजारमा सजिलै उपलब्ध हुने व्यहोरा प्रष्ट पार्नुभयो ।

 

नेपालमा अहिले तिन सय भन्दा बढी डिलर सँग सम्झौता भैइसकेको र उपभोक्ताको सहजिकरणका लागी अनलाइन् सिस्टम् बाट सजिलै घरघरमा जिन्दलका उत्पादन गराउने कार्यमा लागेको नेपालका लागि प्रमोटर अरुण मल्लले जानकारी दिनुभयो । ललितपुरको महालक्ष्मी स्थानमा रहेको महालक्ष्मी पाटी भेन्यूमा भव्य रुपमा कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा डिलर , होलसेलर लगायत पा“चसय जनाभन्दा बढि व्यपारीहरुको उपस्थिती थियो, जसमध्ये पा“चजनालाई उपहार स्वरुप मेट्रेस वितरण गरेको थियो ।

Share this news: