सुनाखरी न्युज
२०७६ श्रावण ३ , शुक्रवार

सांग्रिला डेभलपमेन्ट बैंक र लर्ड बुद्ध एजुकेशनल एकेडेमी बिच सम्झौता

बैकिङ

Capture

सांग्रिला डेभलपमेन्ट बैंक र लर्ड बुद्ध एजुकेशनल एकेडेमी बिच सम्झौता

सुनाखरी न्युज/ काठमाडौं- सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नेपालगंजमा अवस्थित लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि द्वारा संचालित नेपालगंज मेडिकल कलेज तथा कोहलपुर मेडिकल कलेज बिच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता भएको छ । सम्झौतामा बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकका डेबिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गहरुलाई उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा यही श्रावण १ गते बाट लाग हुने गरि १०% सम्मको छुट प्रदान गर्ने सहमति भएको छ ।

 

उक्त सम्झौतापत्रमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड क्षेत्रीय कार्यालय,नेपालगंजका क्षेत्रीय प्रबन्धक जयन्द्र बहादुर खडका र लर्ड बुद्घ एजुकेशनल एकेडेमी लि का प्रबन्ध संचालक डा सुरेश कुमार कानोडियाले हस्ताक्षर गर्नु भयो ।

Share this news: