सुनाखरी न्युज
२०७६ श्रावण ३ , शुक्रवार

प्रभु बैंकको खार्पुनाथ शाखा कार्यालय सञ्चालनमा

बैकिङ

Capture

प्रभु बैंकको खार्पुनाथ शाखा कार्यालय सञ्चालनमा

सुनाखरी न्युज/ काठमाडौं – प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा हुम्ला जिल्लाको दुर्गम गाउँपालिका मध्येको एक खार्पुनाथ गाउँपालिका स्थित वडा नं ५ खार्पुनाथमा शाखा कार्यालय खोली कारोवार संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन एक समारोहकाविच खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर रावलले गर्नु भएको थियो ।

 

शाखा कार्यालय समुद्घाटन कार्यक्रममा प्रमुख अतिथी रावलले उद्घाटन मन्तव्य राख्ने क्रममा प्रभु बैंकले गाउँगाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै  सञ्चालनमा आएको खार्पुनाथ शाखा कार्यालय बाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी तथा आम सर्वसाधारण लाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा उपलब्ध हुने बताउनु हुँदै बैंकिङ्ग पहुँच भन्दा बाहिर रहनुभएका यस क्षेत्रका सम्पूर्ण नागरिकहरुलाई प्रभु बैंकको सेवाउपभोग गरी लाभ उठाउन समेत आग्रहगर्नु भयो । खार्पुनाथ शाखा कार्यालय समुदघाटन कार्यक्रममा हुम्ला जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिकदलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संघ,हुम्लाका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

 

खार्पुनाथ शाखा समेत गरी बैंकले हालसम्म १८७ वटा शाखा, १५० वटा ATM र २३ वटा एक्सटेन्सन काउण्टरबाट आफ्नाग्राहकहरुलाई सेवाप्रदान गर्दै आएको छ । सञ्चालनमा आएको बैंकको खार्पुनाथ शाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनीतथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वितहुनेछन् र यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

Share this news: